डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

बैशाख ०८,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले पाेल खुलेकाे छ । प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा व्यापारी राजीव महासेठले आफूसहित अन्य व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको व्यहोरा प्राप्त अडियोमा खुलासा भएको छ । लेनदेनको यो विषय सार्वजनिक चर्चामा आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई उक्त लेनदेनमा दोषी करार गर्ने प्रयास भयो ।

राणाले आफूलाई लाञ्छना लगाउने डीआईजीको प्रयासबाट जोगिन व्यापारी महासेठलाई फोन गरेको अडियो संवादमा झल्किन्छ । वरिष्ठ सई राणालाई उनको मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ थियो । यो विवादका कारण जनकपुरघाममै रहेको प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबीच तिक्तता उत्पन्न भएको छ । नेपाल प्रेसले धनुषा प्रहरी प्रमुख रुगमबहादुर कुवरलाई सम्पर्क गर्न खोज्दा उनी पनि सम्पर्कमा आएनन् । प्रहरीस्रोतका अनुसार सई जयलाल यादव र वरिष्ठ सई गोपाल थापा मगर आर्थिक संकलनकार्यमा सक्रिय थिए ।

त्यसमध्ये वरिष्ठ सई मगरलाई प्रहरी उच्च नेतृत्वकै परिवारले पठाएको चर्चा छ ।

घटनाकाे विस्तृत के हो ?

चैत १ गते एक व्यापारीको भन्सार कारोबार नसुल्झिएको सामान वरिष्ठ सई मगरले बरामद गरे । यो खबर काठमाडौँमा उच्चपदस्थ प्रहरीसम्म पुग्यो । त्यसपछि डीआईजी थपलियाले वरिष्ठ सई मगर र सई यादवलाई जोगाउन प्रहरी चौकी फुलगाका कार्यालय प्रमुख सई टेकबहादुर कार्कीसहित सबैलाई जिल्ला तान्न आदेश दिए । जबकि, जिल्ला प्रहरीसँग उनले कुनै समन्वय गरेनन् । त्यसपछि अर्का व्यवसायी राजीव महासेठमार्फत व्यापारीहरुसँग ‘कुरा मिलाउन’ थालियो । यसबारे केही मिडियामा चर्का भयो ।

त्यसपछि उक्त कार्य जिल्ला प्रहरीको टोलीबाट भएको भन्दै डीआईजी थपलिया आफू जोगिन खोजेका छन् । वरिष्ठ सई राणाले व्यवसायी महासेठलाई गरेको फोनमा उनले डीआईजीको नाममा सई यादवले रकम लगेको स्वीकार गरेका छन् । डीआईजी थपलिया भन्छन्-यो (अडियो) कसले, कसरी बनायो, मलाई थाहा भएन । जसले बनायो, उनीहरूलाई सोध्नुपर्छ ।

प्रकाशित : बैशाख ०८,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA