सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

बैशाख ०८,२०८३ / जेसी नेपाल संवाददाता

सिरहा : मंगलबार बिहान सिरहा कारागारभित्र आन्तरिक नियन्त्रण लिन खोजिएको आरोपमा प्रहरीले २३ जना कैदीलाई नियन्त्रणमा लिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही कैदीले चौकीदारलाई जबरजस्ती हटाउँदै व्यवस्थापन आफ्नो हातमा लिन खोजेपछि सम्भावित झडप रोक्न तत्काल हस्तक्षेप गरिएको हो। नियन्त्रणमा रहेका कैदीमाथि कानुनी प्रक्रिया अघि बढाइने र आवश्यक निर्णयपछि अन्य कारागारमा सार्ने तयारी भइरहेको जनाइएको छ।

यसअघि पनि सिरहा कारागारमा गुटबन्दी, कुटपिट र झडपका घटना दोहोरिँदै आएका कारण सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको छ।

प्रकाशित : बैशाख ०८,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA