सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

बैशाख ०८,२०८३ / जेसी नेपाल संवाददाता

सिरहा : मंगलबार बिहान सिरहा कारागारभित्र आन्तरिक नियन्त्रण लिन खोजिएको आरोपमा प्रहरीले २३ जना कैदीलाई नियन्त्रणमा लिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही कैदीले चौकीदारलाई जबरजस्ती हटाउँदै व्यवस्थापन आफ्नो हातमा लिन खोजेपछि सम्भावित झडप रोक्न तत्काल हस्तक्षेप गरिएको हो। नियन्त्रणमा रहेका कैदीमाथि कानुनी प्रक्रिया अघि बढाइने र आवश्यक निर्णयपछि अन्य कारागारमा सार्ने तयारी भइरहेको जनाइएको छ।

यसअघि पनि सिरहा कारागारमा गुटबन्दी, कुटपिट र झडपका घटना दोहोरिँदै आएका कारण सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको छ।

प्रकाशित : बैशाख ०८,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA