आउदो साउन देखि नगरपालिका बाटै नापी र मालपोत सेवा दिने : JCNEPALMEDIA

बैशाख ०९,२०८३ / जेसी नेपाल संवाददाता

संघीय सरकारले आगामी साउन १ गतेदेखि देशभरका २९२ महानगर, उपमहानगर र नगरपालिकाबाट नापी तथा मालपोत सेवा सुरु गर्ने तयारी गरेको छ। नागरिकलाई घरनजिकै सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहसचिव गणेशप्रसाद भट्टको नेतृत्वमा गठन गरेको ९ सदस्यीय समितिले आवश्यक अध्ययन तथा तयारी अघि बढाएको छ। समितिले नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहमा कसरी हस्तान्तरण गर्ने भन्नेबारे प्रतिवेदन तयार पार्ने अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतिवेदन वैशाख १५ भित्र मन्त्रिपरिषद्मा पेश गरिनेछ। सरकारको योजना अनुसार जग्गा कित्ताकाट, अंशबण्डा, रोक्का राख्ने तथा फुकुवा गर्ने जस्ता अधिकांश सेवा अब नगरपालिकाबाटै हुनेछन्।

तर मोही बाडफाँट र नयाँ दर्ता भने हाललाई जिल्ला स्तरमै रहनेछन्, किनकि त्यसका लागि कानुनी जटिलता रहेको जनाइएको छ। नयाँ व्यवस्थाअनुसार स्थानीय तहकै जनशक्तिलाई तालिम दिएर सेवा सञ्चालन गरिनेछ भने आवश्यक परे केन्द्रबाट कर्मचारी पठाइनेछ। नापी र मालपोतसम्बन्धी एकीकृत कानुन बनाउने तयारी पनि मन्त्रालयले अघि बढाएको छ, जसले तीन तहका सरकारबीच जिम्मेवारी स्पष्ट गर्नेछ। हाल जिल्लामा रहेका कार्यालय तत्काल हटाइने छैनन्।

तर, सेवाहरू क्रमशः स्थानीय तहमा सर्नेछन्। मन्त्रालयका अनुसार यसले सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नेछ र सेवा प्रवाह थप सहज तथा छरितो हुनेछ। नापी र मालपोत प्रणालीलाई एकीकृत गर्न ‘एपीआई’ विकास गर्ने काम पनि भइरहेको छ। यसले डिजिटल प्रणालीबीच समन्वय गरी सेवा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित : बैशाख ०९,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA