जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

बैशाख १०,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुर : मधेश प्रदेशको राजधानी क्षेत्रभित्र एउटा क्रुर घटना बाहिर आएको छ । धनुषाकी एक दलित किशोरीलाई ७ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटना बाहिरएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ की एक किशोरीलाई बन्धक बनाएर क्रुर तथा दानवीय तवरले बलात्कार गरेको घटनाको रहस्योदघाटन भ्एको छ । गत साता आफ्नै घरमा रहेकी गरिब परिवारकी ति किशोरीलाई स्थानीय खुसबु देवी नामक महिलाले फकाएर खेतमा लगेको आरोप उनको बुवाआमाको छ । साँझको बेला खेतमा बोलाएर भुँसा कस्न जाने भन्दै खुसबुले नै रकमको प्रलोभनमा छोरीलाई हैवानको जिम्मा लगाएको पीडा पोखेका छन् ।

सोही टोल बस्ने स्थानीय उदय भन्ने जयराम महतोले बालिकालाई एक सातसम्म बन्धक बनाएर बलात्कार गरेको खुलेको हो । सुरुमा गाउँकै बसनियाँ खोलामा लगेर निर्ममता ढँगले बलात्कार गरेपछि उनलाई रगतको लतपतले नै जनकपुर लगेको बताईन्छ । जयरामले किशोरीलाई प्रलोभनमा पारी बलात्का गरेको आमाुबुवाको आरोप छ । मात्र १४ बर्षकी ति किशोरीले पीडा सहन नसकी चिच्याएपछि खुसबुले मदत गरेर जनकपुरसम्म पुरयाएको आरोप छ । जनकपुरको पीडारीमा ४ दिनसम्म एक डेरामा बन्धक बनाएर बलात्कार गरी अचेत अवस्थामा राखेको बताईएको छ । घरमुली (घरपट्टि)ले थाहा पाएपछि प्रहरी बोलाएर उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रवक्ता गणेश बहादुर बमका अनुसार, घरपट्टिले दिएको जानकारी अनुसार तत्कालै गएको प्रहरीले किशोरीलाई अचेत अवस्थामा फेला पारेको थियो । उनको मानसिक स्थिति समान्य छैनन् ।

किशोरीको यौनाँगमा कैयाँ टाँका लगाइएको परिवारजनले बताएको छ । अझै बोल्न नसक्ने अवस्थामा रहेकी ति किशोरीलाई विभिन्न औषधी खुवाएर, नशालु पदार्थहरु खुवाएर अचेत अवस्थाम दानवीय तवरले निरन्तर बलात्कर गरेको बताइएको छ । सुरुमा किशोरीलाई क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ को औरहा भन्ने गाउँमा ४ दिनसम्म आरोपित जयराम महतोले आफ्नो भिनाजु गँगा महतोको घरमा राखेको बताईएको छ । त्यसपछि उनको अवस्था बिग्रिन थालेपछि जनकपुर लगेको थियो ।

जनकपुरमा पनि उपचारको साटो घरमै बन्धक बनाएर क्रुर, अमानवीय तवरले बलात्कार गरेको खुलेको छ ।

प्रकाशित : बैशाख १०,२०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ई-बिडिङ ह्याकिङ ‘महाजाल, ठेक्कामा साइबर चलखेल,६ जना निर्माण व्यवसायी पक्राउ : JCNEPALMEDIA

आउदो साउन देखि नगरपालिका बाटै नापी र मालपोत सेवा दिने : JCNEPALMEDIA

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव