जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

बैशाख १७,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरधामका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । २० वर्ष पहिला वडाले जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेर बसिरहेकोमा २ हप्ताअघि वडा कार्यालयले जग्गा खाली गर्न सूचना टाँसेपछि आफूहरूको विचल्ली भएको सुकुमबासी सीता देवी मुखियाले जानकारी दिइन् ।

उनले २० वर्षमा थोरथोरै पैसा जम्मा गरेर बनाएको घरमा अब सरकारले डोजर चलाउने भनेदेखि आफूहरू कहाँ जाने, छोराछोरीलाई कसरी पाल्ने भन्ने अन्योलमा परेको बताइन् । वडा दिएको जमिनको लालपुर्जा प्रदान गर्न सुकुम्बासी मुखियाले जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । उनीहरूले लालपुर्जा उपलब्ध नगराए बाटो जाम गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।

रास्वपा नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठ्ठीको अतिक्रमित जग्गा खाली गराइरहेको छ । यसअघि सरकारले काठमाण्डु, वीरगञ्ज लगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुरधाममा पनि जग्गा खाली गराउन लागिएको छ ।

प्रकाशित : बैशाख १७,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA