जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

बैशाख १७,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरधामका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । २० वर्ष पहिला वडाले जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेर बसिरहेकोमा २ हप्ताअघि वडा कार्यालयले जग्गा खाली गर्न सूचना टाँसेपछि आफूहरूको विचल्ली भएको सुकुमबासी सीता देवी मुखियाले जानकारी दिइन् ।

उनले २० वर्षमा थोरथोरै पैसा जम्मा गरेर बनाएको घरमा अब सरकारले डोजर चलाउने भनेदेखि आफूहरू कहाँ जाने, छोराछोरीलाई कसरी पाल्ने भन्ने अन्योलमा परेको बताइन् । वडा दिएको जमिनको लालपुर्जा प्रदान गर्न सुकुम्बासी मुखियाले जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । उनीहरूले लालपुर्जा उपलब्ध नगराए बाटो जाम गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।

रास्वपा नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठ्ठीको अतिक्रमित जग्गा खाली गराइरहेको छ । यसअघि सरकारले काठमाण्डु, वीरगञ्ज लगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुरधाममा पनि जग्गा खाली गराउन लागिएको छ ।

प्रकाशित : बैशाख १७,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA