भोजपुरी गीत बजाउन विरगन्जमा लगाए प्रतिबन्ध, अटेरी गरे जरिवानासहित कारवाही हुने : JCNEPAL MEDIA

बैशाख २४,२०८३ / जेसी नेपाल संवाददाता

वीरगन्ज महानगरपालिका–३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ। बुधबार वडाध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोज तथा अन्य सामाजिक एवं निजी कार्यक्रममा भोजपुरी गीत बजाउन नपाइने निर्णय गरेको हो। निर्णय उल्लंघन गर्ने व्यक्तिलाई कारबाहीसँगै नगद जरिवाना गर्ने चेतावनीसमेत दिइएको छ।

वडाध्यक्ष यादवका अनुसार गाउँ भेलाले जन्ती प्रवेशसम्बन्धी पनि नयाँ नियम बनाएको छ। कसैको घरमा विवाहका लागि जन्ती आएका बेला सम्बन्धित परिवारको अनुमति बिना जन्तीमा प्रवेश गरे कारबाही र जरिवाना गरिने निर्णय गरिएको उनले बताए। यस्तै, वडाभित्र सञ्चालनमा रहेका मदिरा पसल बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने निर्णय गरिएको छ। राति १० बजेपछि घरबाहिर अनावश्यक रूपमा हिँडडुल गर्न नपाइने तथा मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्नेलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने वडाले जनाएको छ।

पछिल्लो समय गाउँमा जाँडरक्सी सेवनपछि झैँझगडा गर्ने, सामाजिक परम्पराका नाममा विकृति बढ्दै गएको र त्यसले सामाजिक वातावरण प्रभावित हुन थालेपछि स्थानीय भेला राखेर यस्तो निर्णय गरिएको वडाध्यक्ष यादवले बताए।

प्रकाशित : बैशाख २४,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA