भोजपुरी गीत बजाउन विरगन्जमा लगाए प्रतिबन्ध, अटेरी गरे जरिवानासहित कारवाही हुने : JCNEPAL MEDIA

बैशाख २४,२०८३ / जेसी नेपाल संवाददाता

वीरगन्ज महानगरपालिका–३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ। बुधबार वडाध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोज तथा अन्य सामाजिक एवं निजी कार्यक्रममा भोजपुरी गीत बजाउन नपाइने निर्णय गरेको हो। निर्णय उल्लंघन गर्ने व्यक्तिलाई कारबाहीसँगै नगद जरिवाना गर्ने चेतावनीसमेत दिइएको छ।

वडाध्यक्ष यादवका अनुसार गाउँ भेलाले जन्ती प्रवेशसम्बन्धी पनि नयाँ नियम बनाएको छ। कसैको घरमा विवाहका लागि जन्ती आएका बेला सम्बन्धित परिवारको अनुमति बिना जन्तीमा प्रवेश गरे कारबाही र जरिवाना गरिने निर्णय गरिएको उनले बताए। यस्तै, वडाभित्र सञ्चालनमा रहेका मदिरा पसल बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने निर्णय गरिएको छ। राति १० बजेपछि घरबाहिर अनावश्यक रूपमा हिँडडुल गर्न नपाइने तथा मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्नेलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने वडाले जनाएको छ।

पछिल्लो समय गाउँमा जाँडरक्सी सेवनपछि झैँझगडा गर्ने, सामाजिक परम्पराका नाममा विकृति बढ्दै गएको र त्यसले सामाजिक वातावरण प्रभावित हुन थालेपछि स्थानीय भेला राखेर यस्तो निर्णय गरिएको वडाध्यक्ष यादवले बताए।

प्रकाशित : बैशाख २४,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA