न्यायाधीशहरूलाई डर र भयमुक्त भई न्याय सम्पादन गर्न सपना प्रधान मल्लले गरे आग्रह

बैशाख २६,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : कायम मुकायम प्रधानन्यायाधीश Sapana Pradhan Malla ले न्याय क्षेत्रमा डर, दबाब र प्रभावको अन्त्य हुनुपर्ने बताउँदै सम्पूर्ण न्यायाधीश तथा न्यायकर्मीलाई निर्भीक भएर न्याय सम्पादन गर्न आग्रह गर्नुभएको छ।

एक कार्यक्रममा सम्बोधन गर्दै उहाँ भावुक हुँदै भन्नुभयो, “सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुईतिहाइ सरकारको डर नै किन नहोस् वा महाअभियोगको भय। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सबै न्यायाकर्मीलाई आह्वान गर्दछु।”

उहाँले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र जनविश्वासको केन्द्र बन्नुपर्ने उल्लेख गर्दै न्यायाधीशहरूले कुनै पनि राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संविधान र कानुनअनुसार निर्णय गर्नुपर्ने धारणा राख्नुभयो। कायम मुकायम प्रधानन्यायाधीश मल्लाले आफ्नो जीवन संघर्षपूर्ण रहेको स्मरण गर्दै विभेद, असमानता र अन्यायविरुद्ध निरन्तर लड्दै आएको बताउनुभयो।

“म आफैँ जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ र लडाइँ अझै बाँकी नै छ,” उहाँले भावुक हुँदै भन्नुभयो। उहाँको अभिव्यक्तिलाई न्यायपालिकाको स्वतन्त्रता, साहस र निष्पक्षताप्रतिको सशक्त सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित : बैशाख २४,२०८३               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA