न्यायाधीशहरूलाई डर र भयमुक्त भई न्याय सम्पादन गर्न सपना प्रधान मल्लले गरे आग्रह

बैशाख २६,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : कायम मुकायम प्रधानन्यायाधीश Sapana Pradhan Malla ले न्याय क्षेत्रमा डर, दबाब र प्रभावको अन्त्य हुनुपर्ने बताउँदै सम्पूर्ण न्यायाधीश तथा न्यायकर्मीलाई निर्भीक भएर न्याय सम्पादन गर्न आग्रह गर्नुभएको छ।

एक कार्यक्रममा सम्बोधन गर्दै उहाँ भावुक हुँदै भन्नुभयो, “सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुईतिहाइ सरकारको डर नै किन नहोस् वा महाअभियोगको भय। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सबै न्यायाकर्मीलाई आह्वान गर्दछु।”

उहाँले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र जनविश्वासको केन्द्र बन्नुपर्ने उल्लेख गर्दै न्यायाधीशहरूले कुनै पनि राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संविधान र कानुनअनुसार निर्णय गर्नुपर्ने धारणा राख्नुभयो। कायम मुकायम प्रधानन्यायाधीश मल्लाले आफ्नो जीवन संघर्षपूर्ण रहेको स्मरण गर्दै विभेद, असमानता र अन्यायविरुद्ध निरन्तर लड्दै आएको बताउनुभयो।

“म आफैँ जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ र लडाइँ अझै बाँकी नै छ,” उहाँले भावुक हुँदै भन्नुभयो। उहाँको अभिव्यक्तिलाई न्यायपालिकाको स्वतन्त्रता, साहस र निष्पक्षताप्रतिको सशक्त सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित : बैशाख २४,२०८३               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA