इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवा तयारी : JCNEPALMEDIA

बैशाख २७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवाको तयारी अघि बढाएको छ। अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागिएको हो। इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवाको तयारी भइरहेको प्रहरी महानिरीक्षक निकट स्रोत बताउँछ ।

एक वर्ष अवधि पुगिसकेका इन्चार्जहरूलाई सरुवा गर्न लागिएको हो । जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुख पनि फेरिने छन्। काठमाडौं र ललितपुरका एसएसपीको पनि सरुवा तयारी भइरहेको स्रोत बताउँछ । दुवैको ८ महिना पुरा भइसकेको छ। काठमाडौं परिसरका प्रमुखहरु यसअघि ६ महिनामै हट्ने गरेका थिए। रमेश थापाले त्यो भन्दा लामो समय नेतृत्व गरिसकेका छन्। काठमाडौं परिसरको प्रमुखका लागि आधा दर्जन एसएसपीहरू दौडधुपमा छन्। त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीको एक वर्ष हुन लागिसकेको छ। विभिन्न तालिम केन्द्रका एसएसपीको पनि हेरफेर तयारी भइरहेको छ।

कार्यक्षमतामा कमजोर रहेका तराईका केही एसपीहरु पनि हेरफेर हुने सम्भावना छ। सुनसरीका केशव थेवे तथा सप्तरीका गौतम केसी लगायतको विषयमा उजुरी बढेका छन्। त्यस्तै, विभिन्न जिल्लाका डिएसपी पनि हेरफेरको तयारी छ । तराईका जिल्लामा ट्राफिक इन्चार्ज भएर जानका लागि इन्सपेक्टरहरू धाइरहेका छन्।

हाल गृहमन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्दै आएका छन्। प्रधानमन्त्रीले प्रहरीको सरुवामा कुनै चासो दिएका छैनन्। उनको सचिवालसँग समन्वय गरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवाको तयारी गरेका छन्।

प्रकाशित : बैशाख २७,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA