रास्वपालाई आफ्नो राजनीतिक अनुभवबाट सिक्न प्रचण्डले दिए सुझाव : JCNEPALMEDIA

बैशाख ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी लाई आफ्नो राजनीतिक अनुभवबाट सिक्न सुझाव दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको चुनावमा आफूहरूले पनि अहिले रास्वपाले जस्तै ठूलो जनमत पाएको स्मरण गरे। तर जनताको विश्वास जोगाउन नसक्दा पछि कमजोर बन्नुपरेको अनुभव उनले सुनाए। “०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ,” प्रचण्डले भने, “हारभन्दा जित सहन गाह्रो हुन्छ।” उनले केही समयअघिसम्म आफूहरू पनि अहिलेको रास्वपाजस्तै ठूलो आशा र जनसमर्थनसहित अघि बढेको उल्लेख गर्दै आफ्नै कमजोरीका कारण जनताको विश्वास जोगाउन नसकिएको स्वीकार गरे।

“हामी पनि केही समयअघि तपाईंहरूकै साइजमा थियौँ। आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन,” उनले भने। प्रचण्डले राजनीति र जनसमर्थन स्थायी नहुने भन्दै जनताको समर्थन सधैं शर्तसहित हुने बताए। “इतिहासले भनेको छ, संख्या स्थायी हुँदैन। जनताको समर्थन पनि शर्तसहित हुन्छ। जनताले भनेजस्तो भएन भने भोलिपल्टै समर्थन घट्न सक्छ,” उनले चेतावनी दिए।

उनले रास्वपालाई निषेध, अपमान र प्रतिशोधको राजनीति भन्दा विश्वास र सहकार्यलाई प्राथमिकता दिन सुझाव दिए। “हामीबाट सिक्नुस्। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, विश्वास र सहकार्यले प्राथमिकता पाउनुपर्छ,” प्रचण्डले भने। प्रचण्डको यो अभिव्यक्ति संसद्मा निकै चासोका साथ सुनिएको थियो। राजनीतिक वृत्तमा पनि उनको भनाइलाई रास्वपाप्रति चेतावनी र अनुभवको मिश्रित सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित : बैशाख ३०, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा बर्दिवासका बालबालिकासहित १६ जना बन्धक बनाएर राखिएकाहरूलाई उद्धार गरी घर फर्काईयो ; JCNEPALMEDIA

२६ वर्षीय युवकले जब अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत गरे किर्ते : JCNEPALMEDIA

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA