जनकपुर यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ : JCNEPALMEDIA

जेष्ठ ०१,२०८३ / जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालय धनुषा ले यातायात व्यवस्था कार्यालय जनकपुरधाम परिसरबाट तीन जना बिचौलियालाई पक्राउ गरेको छ।

सेवाग्राहीलाई कामकाजका क्रममा झन्झट तथा हैरानी दिने गरेको गुनासो र विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोक निवासी २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैटा नगरपालिका–६ निवासी ३० वर्षीय चिन्टु कुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे ले सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। पछिल्लो समय कार्यालयहरूमा हुने बिचौलियाको चलखेल नियन्त्रण गर्न प्रहरी र सम्बन्धित निकायले निगरानी बढाउँदै आएका छन्।

प्रकाशित : जेष्ठ ०१, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA