जनकपुर यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ : JCNEPALMEDIA

जेष्ठ ०१,२०८३ / जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालय धनुषा ले यातायात व्यवस्था कार्यालय जनकपुरधाम परिसरबाट तीन जना बिचौलियालाई पक्राउ गरेको छ।

सेवाग्राहीलाई कामकाजका क्रममा झन्झट तथा हैरानी दिने गरेको गुनासो र विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोक निवासी २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैटा नगरपालिका–६ निवासी ३० वर्षीय चिन्टु कुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे ले सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। पछिल्लो समय कार्यालयहरूमा हुने बिचौलियाको चलखेल नियन्त्रण गर्न प्रहरी र सम्बन्धित निकायले निगरानी बढाउँदै आएका छन्।

प्रकाशित : जेष्ठ ०१, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA