शैलुङ घुम्न आएका युवकद्वारा नाबालिकामाथि जबरजस्ती करणी, धनुषाका युवक पक्राउ

जेष्ठ ०७,२०८३ / जेसी नेपाल संवाददाता

नाबालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोपमा धनुषा, बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई जिल्ला प्रहरी कार्यालय दोलखाले शैलुङ क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार युवक शैलुङ घुम्न आएका बेला एक किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई करणी गरेको खुलासा भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

घटनासम्बन्धी कारबाही मुलुकी फौजदारी संहिता २०७४ को दफा ९ को उपदफा (६) अनुसार अघि बढाइएको छ। यसैक्रममा दोलखा जिल्ला अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइएको र अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइएको र ५ गतेदेखि लागू हुने गरी चार दिन म्याद थप गरिएको प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो।

हाल करणीसम्बन्धी कसूरमा विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रकाशित : जेष्ठ ०७, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA