जनकपुरधाम प्रादेशिक अस्पतालका दुई चिकित्सक निलम्बित, लापरवाही आरोपपछि ९ बुँदे सहमति : JCNEPALMEDIA

जेष्ठ ०७,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : प्रादेशिक अस्पताल जनकपुरधामको प्रसुती विभागमा कार्यरत डा. धिरेन्द्र साह र डा. श्रेयालक्ष्मी साहमाथि गर्भवती महिलाको शल्यक्रियामा चरम लापरवाही गरेको आरोप लागेपछि दुवै चिकित्सक निलम्बित भएका छन्।

दुवै पक्षलाई समेटने गरी प्रदेश स्वास्थ्यमन्त्रालयकाे मातहतमा छानबिन समिति गठन हुने सहमतिमा भनिएको छ । पीडित परिवार, युवा अभियान्ता, स्थानीयवासी तथा अस्पताल प्रशासनबीच भएको छलफलपछि ९ बुँदे सहमति भएको जनाइएको छ। सहमतिअनुसार छानबिन प्रतिवेदन नआउञ्जेल दुवै चिकित्सकलाई निलम्बन गर्ने निर्णय गरिएको हो।

आन्दोलनरत पक्षले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हुने लापरवाहीप्रति कुनै सम्झौता हुन नसक्ने भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रमाणित हुनेमाथि कडा कानुनी कारवाही गर्न माग गरेका छन्। पीडित परिवारका अनुसार शल्यक्रियापछि गर्भवती महिलाको अवस्था गम्भीर बनेको र ज्यानै जाने जोखिम उत्पन्न भएको थियो। घटनापछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।

सहमतिपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भए पनि निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय नपाए पुनः आन्दोलन गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएको छ। स्थानीयवासीले स्वास्थ्य संस्थामा हुने लापरवाही रोक्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित : जेष्ठ ०७, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA