जनकपुरकाे प्रादेशिक अस्पतालमा डाक्टरहरू पेनडाउन गर्दा विरामीहरू आन्दोलीत, अवस्था तनावग्रस्त : JCNEPALMEDIA

जेष्ठ ०७,२०८३ / जेसी नेपाल संवाददाता

प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरुले पेनडाउन गर्दा अवस्था तनावग्रस्त बनेको छ । विहिबार दुई चिकित्सकलाई अस्थायी रुपमा निलम्बन गरेको विरोधमा प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुले पेन डाउन गरी औषधी, उपचार लेख्न मनाही गरेको हो ।

सोही विरोधमा विरामी र कुरुवाहरुले आन्दोलन गरेको छ । उनीहरु अस्पतालको मुख्यद्धार (मेन गेट) लगाएर विरोध प्रदर्शन गरेका छन् । एक सुत्केरी महिलाको अप्रेशनको क्रममा स्वास्थ्य अवस्था अधिक बिग्रेपछि विरामी पक्षका आफन्तजनले डाक्टरलाई कारवाहीका लागि माग गरे बमोजिम शल्यक्रियामा सँलग्न डा. धिरज साह र डा. श्रेयालक्ष्मी साहलाई निलम्बन गरेपछि डाक्टरहरुले समेत विरोध जनाएको हो ।

उपचारको क्रममा विरामीको अवस्था बिग्रनु मात्र चिकित्सकको लापरवाही मान्नु गलत रहेको भन्दै आफ्ना कर्मचारीमाथि गरिएको व्यवहारको विरोधमा डाक्टरहरु पेनडाउन गरेका छन् । यता, विभिन्न विभागको लागि चेकजाँच हेतु बिल (पूर्जी) कटाएका सर्वसाधारणहरुलाई चेकजाँच नभएपछि उनीहरुले समेत विरोध जनाउँदै आन्दोलन सुरु गरेको छ ।

उनीहरुले आफूहरुले रकम तिरेर बिल काटेकोले उपचार हुनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको छ । अहिले अस्पतालको अवस्था तनावग्रस्त बनेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरीको टोली अस्पताल पुगेको हो ।

प्रकाशित : जेष्ठ ०७, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA