महोत्तरीको भंगहामा लगाइएको कर्फ्यू कायमै

महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका-८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै राखिएको छ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै राखिएको हो। स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन्।कफ्र्यू आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत हिजो अपरान्ह देखी कर्फ्यू आदेश दिइएको थियो। जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ।हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहिवार अपरान्ह देखी कर्फ्यू आदेश जारी गरेको हो।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA