जनकपुरधामको एक मात्र कभर्ड जिर्नाेधारकाे प्रखाईमा, जोखिममा खेलाडी : JCNEPAL MEDIA

जेष्ठ १४,२०८३ / जेसी नेपाल संवाददाता

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक मात्र कभर्ड हल आज जीर्णेधारकाे प्रखाईमा रहेको छ । अबस्था दिन प्रतिदिन जिर्न पुगेपछि खेलाडी तथा प्रशिक्षकहरूले चिन्ता व्यक्त गरेका छन् । “खेली मधेश, जिती मधेश” भन्ने मूल नारासहित हालै सुरु गरिएको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता यही हलमा सञ्चालन भइरहेका बेला संरचनाको कमजोर अवस्थाले दुर्घटनाको जोखिम बढाएको हो ।

गत साता मधेशका आठवटै जिल्लाका खेलाडीहरूको सहभागितामा प्रदेशस्तरीय खेल प्रतियोगिताको उद्घाटन यही हलमा गरिएको थियो । तर, हलको छत चुहिने, सिलिङ झर्ने तथा हावाहुरीका कारण संरचनामा थप क्षति पुगेपछि खेल गतिविधि जोखिमपूर्ण बनेको खेलाडीहले बताएका थिए । हालै यही हलमा कराते प्रतियोगिताको डेमो खेलसमेत सञ्चालन गरिएको थियो । खेलाडी र प्रशिक्षकहरूले कुनै पनि बेला छतको सिलिङ खस्न सक्ने अवस्था रहेको भन्दै तत्काल मर्मतको माग गरेका छन् । उहाँहरूका अनुसार हलको जीर्ण अवस्थाले खेलाडी घाइते हुने खतरा बढेको छ । तत्कालीन सामाजिक विकासमन्त्री सुरिता कुमारी साहको कार्यकालमा हलको छत निर्माणका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । तर, निर्माणकै क्रममा आएको हावाहुरीले छतमा थप क्षति पुर्‍याएको थियो ।

अहिले पनि हुरीबतास आउँदा संरचना झन् कमजोर बन्दै गएको क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे ‘गुड्डु’ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो अवस्थामा प्रदेशको राजधानीमा खेल सञ्चालन हुनु दुर्भाग्यपूर्ण हो । जुनसुकै बेला दुर्घटना हुन सक्छ ।” मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी साह कानुले कभर्ड हल यसअघि राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेकाले पुरानो अवस्थाबारे पूर्ण जानकारी नभएको बताउनुभयो ।

उहाँले प्रदेशमा पहिलो पटक परिषद् गठन भएको उल्लेख गर्दै चालु आर्थिक वर्षमै मर्मतसम्भारका लागि बजेट विनियोजन भइसकेको र ठेक्का प्रक्रिया समेत सम्पन्न भएको जानकारी दिनुभयो । “अबको केही दिनभित्र हलको मर्मत भएको देख्नुहुनेछ,” सदस्य सचिव कानुले भन्नुभयो । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा १९ वटा खेलका लागि आठ जिल्लामा २ करोड ५५ लाख रुपियाँ खर्च गरेर विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरेको थियो ।

सयौँ खेलाडी सहभागी हुने प्रदेशकै प्रमुख खेल संरचनामध्ये एक जनकपुरधामको कभर्ड हल भने लामो समयदेखि उपेक्षामा परेको भन्दै खेलाडीले असन्तुष्टि जनाएका छन् ।

प्रकाशित : जेष्ठ १४,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA