इरानलाई फेरि अमेरिकाले आक्रमण गर्ने दिए धम्की : JCNEPALMEDIA

जेष्ठ १७,२०८३ / जेसी नेपाल संवाददाता

अमेरिकाले इरानलाई फेरि आक्रमण गर्ने धम्की दिएको छ। शनिबार सिंगापुरमा आयोजित शिखर सम्मेलनमा बोल्दै अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले ‘इरानसँग जारी वार्ता असफल भएमा फेरि हमला सुरु गरिने सम्भावना रहेको’ बताएका हुन्।

अमेरिका र इरानबिच प्रस्तावित सम्झौतामा मतभेद समाधान गर्ने प्रयास गरिरहेका बेला अमेरिकी रक्षामन्त्रीले उक्त चेतावनी दिएका हुन्। प्रस्तावित सम्झौतापत्रले अप्रिलको सुरुमा भएको अस्थायी युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा इरानसँग सम्झौताका विषयमा अन्तिम निर्णय लिइने बताएका थिए। तर दुई घण्टाको बैठकपछि प्रस्ताव स्थगन गरे। इरानले अझै सम्झौताका लागि समयसीमा घोषणा गरिसकेको छैन। इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीलाई अमेरिकाप्रति विश्वास छैन। जबसम्म अमेरिकाले कदम उठाउँदैन, तबसम्म इरानले पनि कुनै कदम चाल्दैन। हामी यसका लागि हतारमा छैनौं ।

- US Khabar

प्रकाशित : जेष्ठ १७, २०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA