वीरेन्द्रनगरको एक पसलमा प्रहरीको छापा, ठूलो परिमाणमा सुन र नगद फेला

जेष्ठ १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : सुर्खेतको एक पसलबाट प्रहरीले ठुलो परिमाणमा सुनका गहना र भारतीय रुपैयाँ फेला परेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–६ तल्लोबजारस्थित श्याम सुन्दर अग्रवालको कपडा पसलमा प्रहरीले छापा हानेर सुनका गहना र करिब सात लाख भारु बरामद गरेको हो।

अग्रवालले सुनका गहना धितो राखेर चर्को ब्याजमा ऋण लगाउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहले नेपालखबरलाई बताए। उक्त सूचनाका आधारमा सोमबार अपराह्न छापा मारेको प्रहरीले ७ लाखजति भारतीय रुपैयाँ र विभिन्न किसमका सुनका गहना बरामद गरेको हो।

अहिले बरामद सामान मुचुल्का गर्न स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन, आन्तरिक राजस्व कार्यालय, सुनचाँदी व्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधिलाई बोलाइएको छ। एक किलो बढि सुन भएको अनुमान गरिए पनि गहना भएकाले एकीन भने हुन बाँकी रहेको प्रहरीको भनाई छ।

प्रकाशित : जेष्ठ १८, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA