वैवाहिक बलत्कारको मुद्दामा न्यायाधीश गिरीलाई सर्वोच्चबाट पनि सफाइ : JCNEPALMEDIA

जेष्ठ १९,२०८३ / जेसी नेपाल संवाददाता

वैवाहिक बलत्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई सफाइ दिने उच्च अदालत पाटनकै फैसला सदर हुने ठहर गरेको हो।

त्यसअघि जिल्ला अदालत काठमाडौँले २०८१ जेठमा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएका गिरीले त्यहाँबाट सफाइ पाएका थिए। गिरीलाई उनकै पूर्वपत्नी आरती रावल गिरीले बलत्कारको आरोप लगाएकी थिइन्। उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते सफाइ दिएको थियो।

पूर्वपत्नीको जाहेरीपछि प्रहरीलाई उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएपछि उनी धरौटीमा रिहा भएका थिए। उच्च अदालत पाटनले पनि उनलाई धरौटीमा रिहा गर्ने आदेश सदर गरेको थियो। तर २०८० चैत २१ गते सर्वोच्च अदालतले जिल्ला र उच्चको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

उच्च अदालतले सफाइ दिएपछि उनी न्यायाधीशकै जिम्मेवारीमा फर्किएका थिए। यता मंगलबार सर्वोच्चमा सुनुवाइ भइरहँदा आरती रावलले भने पेटिकोट मात्रै लगाएर सर्वोच्च पुगेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित : जेष्ठ १९, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश प्रदेश सभाका विद्यायक सरोजकुमार सिंह कुशवाहा घुसकाण्डमा दोषी ठहर, ४ वर्ष १ महिना कैद सजाय : JCNEPALMEDIA

वीरेन्द्रनगरको एक पसलमा प्रहरीको छापा, ठूलो परिमाणमा सुन र नगद फेला

महोत्तरीकाे बलात्कार घटनामा १० वर्षीय बालक दोषी ठहर, अदालतले सुनायो ६ महिना जेल,७ लाख जरीवाना : JCNEPALMEDIA

मधेस वन निर्देशक जयसवाल द्वारा लाखौंकाे अनियमितता, समृद्धिका लागि वन कार्यक्रममा नितिगत भ्रस्टाचार : JCNEPALMEDIA

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले जारी गरेकाे वक्तव्य : JCNEPALMEDIA

धनुषा रास्वपा सभापति लक्ष्मेशवर यादव विवादमा तानिए, २४ घण्टे स्पष्टीकरणकाे माग : JCNEPALMEDIA