वैवाहिक बलत्कारको मुद्दामा न्यायाधीश गिरीलाई सर्वोच्चबाट पनि सफाइ : JCNEPALMEDIA

जेष्ठ १९,२०८३ / जेसी नेपाल संवाददाता

वैवाहिक बलत्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई सफाइ दिने उच्च अदालत पाटनकै फैसला सदर हुने ठहर गरेको हो।

त्यसअघि जिल्ला अदालत काठमाडौँले २०८१ जेठमा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएका गिरीले त्यहाँबाट सफाइ पाएका थिए। गिरीलाई उनकै पूर्वपत्नी आरती रावल गिरीले बलत्कारको आरोप लगाएकी थिइन्। उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते सफाइ दिएको थियो।

पूर्वपत्नीको जाहेरीपछि प्रहरीलाई उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएपछि उनी धरौटीमा रिहा भएका थिए। उच्च अदालत पाटनले पनि उनलाई धरौटीमा रिहा गर्ने आदेश सदर गरेको थियो। तर २०८० चैत २१ गते सर्वोच्च अदालतले जिल्ला र उच्चको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

उच्च अदालतले सफाइ दिएपछि उनी न्यायाधीशकै जिम्मेवारीमा फर्किएका थिए। यता मंगलबार सर्वोच्चमा सुनुवाइ भइरहँदा आरती रावलले भने पेटिकोट मात्रै लगाएर सर्वोच्च पुगेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित : जेष्ठ १९, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA