जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद ( ओपी) पाण्डे पक्राउ : JCNEPALMEDIA

जेष्ठ २०,२०८३ / जेसी नेपाल संवाददाता

प्रहरीले जानकी मेडिकल कलेजका अध्यक्ष तथा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाण्डेलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उच्च अदालत पाटनबाट गत मंसिर २८ गते पक्राउ अनुमति प्राप्त भएपछि पाण्डेमाथि अनुसन्धान अघि बढाइएको थियो।

एसएसपी श्रेष्ठले पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइन्स प्रालि’ नामक कृत्रिम व्यवसाय खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। साथै धितोको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराई कर्जा स्वीकृत गराएको तथा कर्जा लिएको उद्देश्यभन्दा फरक क्षेत्रमा रकम प्रयोग गरेको आरोप पनि उनीमाथि लागेको छ।

प्रहरीका अनुसार प्रभु बैंकबाट लिएको कर्जाको पटक–पटक दुरुपयोग भएको देखिएकाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान थालिएको हो। राम जानकी हेल्थ फाउन्डेसनद्वारा सञ्चालित जानकी मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गत सन् २००३ मा स्थापना भएको शिक्षण संस्था हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित : जेष्ठ २०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA