टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA

जेष्ठ २१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : तुलसा कलेक्सन भनेर चिनिने टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर पुर्‍याइएको छ । न्यायाधीशले उनलाई थुनामा राखेरै अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने निर्णय लिनेछन् ।

अधिकारीको बयानपछि जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरू भएको हो । हिजो बहस नसकिएकाले तुलसालाई हिरासतमै पठाएर आज पनि सोही इजलासमा सुनवाइ गरिँदैछ । तुलसालाई प्रहरीको भ्यानमा राखेर अदालत पुर्‍याइँदा उनले अनुहारमा मास्क लगाएकी थिइन् । प्रहरीवृत्त सातदोबाटोको थुनुवा पोशाक तथा हातमा हत्कडी लगाइएको थियो । तुलसाले कपाल भने आकर्षक तरिकाले बाटेकी थिइन् । आज सरकारी वकिलको तर्फबाट बहस हुने छ भने त्यसपछि प्रतिवादी अधिकारीका कानून व्यवसायीले बहस गर्ने छन् । आज बहस सकियो भने थुनछेक आदेश आउने छ ।

तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो । एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरूद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।तुलसाको २१ करोडको सम्पत्ति खुलेको छैन ।

२०८२ भदौदेखि फरार भएकू तुलसा चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन् । उनलाई शनिबार बेलुका काठमाडौं ल्याइएको थियो । तुलसाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरिरहेकी छन् ।

प्रकाशित : जेष्ठ २१, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA