जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

जेष्ठ २१,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : उपमहानगरपालिका जनकपुर वडा नं. २ मा पर्ने वकिल टोलस्थित मिश्रि पंजियारको घर नजिकको ट्रान्सफर्मर विगत ३ दिनदेखि थला परेको छ।

स्थानीयले पटक–पटक जानकारी गराउँदा पनि मर्मतको नाममा दिनमा अलिकति मलहम–पट्टी लगाएर राति करिब ८ बजेदेखि बिहानसम्म अन्धकार र गर्मीको सजाय दिने नयाँ प्रविधि सुरु भएको जस्तो देखिन्छ। यति ठूलो गर्मीमा जनता रातभरि पसिनाले लाेतपाेत भइरहन्छन् तर, सम्बन्धित निकायका जिम्मेवार अधिकारीहरू भने सायद “समस्या आफैं समाधान हुन्छ” भन्ने वैज्ञानिक अनुसन्धानमा व्यस्त होलान्।

कार्यालय प्रमुखको मोबाइल र फ्युज शाखाका नम्बरमा सम्पर्क गर्न खोज्दा फोन नउठ्ने अवस्था देख्दा स्थानीयको प्रश्न स्वाभाविक छ—फोन साइलेन्टमा राखिएको हो कि जनताको गुनासो नै साइलेन्ट मोडमा राखिएको हो? जनतालाई ३ दिनदेखि गर्मीले छट्पटी बनाइरहेको छ, तर जिम्मेवार निकायको तत्परता हेर्दा ट्रान्सफर्मरभन्दा बढी त जिम्मेवारी नै बिग्रिएको पो हो कि भन्ने शंका पैदा भएको छ।

जनता अन्धकार र गर्मीसँग जुधिरहेका बेला सम्बन्धित अधिकारीहरू AC को चिसो हावामा समस्या समाधान भएको सपना देखिरहेका त छैनन्? विद्युत सेवा जनताको आधारभूत आवश्यकता हो, अधिकारीहरूको आरामको साधन होइन।

प्रकाशित : जेष्ठ २१, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA