हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

जेष्ठ २२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।

यसअघि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहले शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय गरे पनि उक्त सरुवा विवादमा परेको थियो। विवादकै कारण कोइरालालाई प्रहरी प्रधान कार्यालय लगेर त्यहाँ कार्यरत एसएसपी काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

जेठ १८ गते भएको ३३ जना एसएसपीको सरुवामा काफ्ले परेका थिएनन्। कोइरालालाई भने नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज (हाल जनकपुर) बाट ट्राफिक प्रमुखमा सरुवा गरिएको थियो।

तर उनलाई यसअघि पनि इन्चार्ज नै दिइएको भन्दै विरोध भएको थियो। विरोधपछि कोइरालाको सरुवा बदलिएको हो। यसअघि यहाँ कार्यरत नवराज अधिकारीलाई साइबर ब्युरो भोटाहिटी सरुवा गरिएको छ।

प्रकाशित : जेष्ठ २२, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA