हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

जेष्ठ २२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।

यसअघि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहले शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय गरे पनि उक्त सरुवा विवादमा परेको थियो। विवादकै कारण कोइरालालाई प्रहरी प्रधान कार्यालय लगेर त्यहाँ कार्यरत एसएसपी काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

जेठ १८ गते भएको ३३ जना एसएसपीको सरुवामा काफ्ले परेका थिएनन्। कोइरालालाई भने नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज (हाल जनकपुर) बाट ट्राफिक प्रमुखमा सरुवा गरिएको थियो।

तर उनलाई यसअघि पनि इन्चार्ज नै दिइएको भन्दै विरोध भएको थियो। विरोधपछि कोइरालाको सरुवा बदलिएको हो। यसअघि यहाँ कार्यरत नवराज अधिकारीलाई साइबर ब्युरो भोटाहिटी सरुवा गरिएको छ।

प्रकाशित : जेष्ठ २२, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA