राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

जेष्ठ २२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : सरकारले बैंकिङ क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको एक जना डेपुटी गभर्नर खुला प्रतिस्पर्धामार्फत बाहिरबाट नियुक्त गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशाेधनकाे तयारी थालेकाे छ।

नेपालको बैंकिङ क्षेत्रको मूल कानुन 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' लाई समयानुकूल परिमार्जन गर्न ल्याइएको तेस्रो संशोधन विधेयकमार्फत सरकारले यो व्यवस्था गर्ने तयारीमा सरकार जुटेकाे हाे। गत साता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको 'नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३' अहिले संघीय संसदमा दफावार छलफलको चरणमा छ। संसदीय कानुन समितिमा केन्द्रीय बैंकको नेतृत्व र संरचनामा ठूलो फेरबदल ल्याउने गरी छलफल भइरहेको छ।

विशेषगरी, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति र गभर्नरको योग्यताका विषयमा सांसदहरूले विभिन्न प्रस्ताव अघि सारेका छन्। ती प्रस्तावमध्ये सबैभन्दा बढी बहस सरकारले आगामी एक महिनाभित्रै नियुक्त गर्ने तयारी गरिरहेको राष्ट्र बैंकको अर्को डेपुटी गभर्नरको विषयमा भएको एक सांसदले जानकारी दिए। हालको कानुनी व्यवस्था र प्रस्तावित विधेयकको मस्यौदामा राष्ट्र बैंकका दुवै जना डेपुटी गभर्नरहरू बैंककै कार्यकारी निर्देशकहरूमध्येबाट नियुक्त हुने प्रावधान छ।

तर संसदको कानुन समितिमा यही साता भएको छलफलमा दुईमध्ये एक जना डेपुटी गभर्नर बाहिरबाट खुला प्रतिस्पर्धाका माध्यमबाट ल्याउनुपर्ने प्रस्ताव जोडदार रूपमा उठेको ती सांसदले बताए।

प्रकाशित : जेष्ठ २२, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA