सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

जेष्ठ २२,२०८३ / जेसी नेपाल संवाददाता

विराटनगर : पेस्तोलजस्तो देखिने वस्तु प्रदर्शन गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने एक युवक विराटनगरबाट पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१४ जतुवाका २२ वर्षीय अनिल भनिने आशिष यादव पक्राउ परेका हुन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवले नक्कली पेस्तोल देखाउँदै टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएर अनुसन्धान थालेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनको घरसम्म पुगेर खोजतलास गरेको थियो।

प्रहरीले घरभित्रको कोठामा राखिएको जेब्रा झोलाभित्रबाट ‘मेड इन चाइना’ लेखिएको, म्याग्जिन जडान नहुने पेस्तोल आकारको वस्तु फेला पारेको थियो। उक्त वस्तु बरामद गर्ने क्रममा यादवले प्रहरीसँग विवाद गर्दै गालीगलौज गरेको र प्रहरीको कामकारबाहीमा अवरोध पुर्‍याएको आरोपसमेत लागेको छ।

घटनापछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहीबार पाँच दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी मिश्रले बताए।

प्रकाशित : जेष्ठ २२, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA