धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

जेष्ठ २३,२०८३ / जेसी नेपाल संवाददाता

पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको पर्साहा मैदानमा स्टेडियम बन्ने भएको छ । त्यसको लागि सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गरेको हो ।

गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलसहित कार्यपालिकाको अथक प्रयासले राष्ट्रिय आयोजना आयोगले ७ करोड रुपैयाँ बजेट विनियोजन गरिदिएको हो । पालिकाको गौरवको आयोजना अन्तर्गत खजुरी फिल्ड (परसाहा मैदान) मा रँगशाला बन्ने भएको जनकनन्दिनी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ई.मुकेश कुमार मण्डलले जानकारी दिए ।

उनका अनुसार, पालिका अध्यक्ष (मेयर) को विशेष पहलकदमीले बजेट सम्भव भएको बताए । कार्यपालिका सदस्यहरुको समेत जोड र यहाँका कर्मचारीहरुको समन्वयले यो बजेट हात पारिएको बताए । रँगशाला निर्माणको लागि डिपिआर पहिले नै तयार भईसकेकोले आर्थिक बर्ष सुरुपछि समायानुकुल भएपछि टेण्डर प्रक्रियाबाट कार्य सुरु हुने बताए ।

पूर्वी धनुषामा पहिलो स्टेडिय बन्ने भएको छ । खजुरी खेलकूद क्षेत्रको लागि राजाकालदेखि नै चर्चित छ ।

प्रकाशित : जेष्ठ २३, २०८३      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA