धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

जेष्ठ २३,२०८३ / जेसी नेपाल संवाददाता

पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको पर्साहा मैदानमा स्टेडियम बन्ने भएको छ । त्यसको लागि सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गरेको हो ।

गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलसहित कार्यपालिकाको अथक प्रयासले राष्ट्रिय आयोजना आयोगले ७ करोड रुपैयाँ बजेट विनियोजन गरिदिएको हो । पालिकाको गौरवको आयोजना अन्तर्गत खजुरी फिल्ड (परसाहा मैदान) मा रँगशाला बन्ने भएको जनकनन्दिनी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ई.मुकेश कुमार मण्डलले जानकारी दिए ।

उनका अनुसार, पालिका अध्यक्ष (मेयर) को विशेष पहलकदमीले बजेट सम्भव भएको बताए । कार्यपालिका सदस्यहरुको समेत जोड र यहाँका कर्मचारीहरुको समन्वयले यो बजेट हात पारिएको बताए । रँगशाला निर्माणको लागि डिपिआर पहिले नै तयार भईसकेकोले आर्थिक बर्ष सुरुपछि समायानुकुल भएपछि टेण्डर प्रक्रियाबाट कार्य सुरु हुने बताए ।

पूर्वी धनुषामा पहिलो स्टेडिय बन्ने भएको छ । खजुरी खेलकूद क्षेत्रको लागि राजाकालदेखि नै चर्चित छ ।

प्रकाशित : जेष्ठ २३, २०८३      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA