प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

जेष्ठ २६,२०८३ / जेसी नेपाल संवाददाता

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर पटकपटक अवरुद्ध हुँदै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

यही जेठ १९ गतेपछि हिजो (सोमबार)का लागि आह्वान गएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको थियो। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए।

उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ: प्रधानमन्त्री (प्रश्नोत्तरको पूर्णपाठ) यही जेठ १७ गते प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए।

त्यसलाई लिएर विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षीले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए। त्यसपछि बैठक बस्ने सकेन।

प्रकाशित : जेष्ठ २६, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA