भारतमा बर्दिवासका बालबालिकासहित १६ जना बन्धक बनाएर राखिएकाहरूलाई उद्धार गरी घर फर्काईयो ; JCNEPALMEDIA

जेष्ठ २७,२०८३ / जेसी नेपाल संवाददाता

रोजगारको लागि भारतमा बन्धक बनाइएका महोत्तरीको बर्दिबास नगरपालिका –१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जनाको उद्धार गरी नेपाल फर्काइने प्रक्रिया अघि बढाइएको छ ।

बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने तयारी अघि बढाइएको जनाइएको छ । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र महोत्तरी प्रहरीको पहलमा उनीहरूको उद्धार भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका स्थानीयहरुलाई उद्धार गरि नेपाल ल्याउन लागिएको छ । उद्धार टोलीमा सहभागी मध्येका अशोक सादाका अनुसार भारती प्रहरीको सहयोगमा बन्धक बनेकाहरुको उद्धार सम्भव भएको छ ।

उनीहरूले कमाए बापतको ज्याला पनि त्यहाँका प्रहरीले हिसाब गराएर दिलाएर नेपाल ल्याउने तयारी अघि बढाइएको उनले जनाएको छ । श्रमिकहरूलाई डर त्रास देखाई यातना समेत दिँदै बन्धक बनाइएको थियो । कुटपिट गर्दै यातना दिएको फोटो, भिडियोहरू समेत पीडितहरूले परिवारजनलाई पठाएका थिए । आफन्तजनले उद्धार गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न ईलाका प्रहरी कार्यालय बर्दिबासमार्फत भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका थिए ।

वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले प्रहरीमार्फत दूतावासमा बन्धकमा परेकाहरु खोजी गरि उद्धार गर्न निवेदन दिएका थिए । उनीहरुका छोरा छोरी, श्रीमती बन्धक बनेका थिए । दिलिप परियारले २७–मार्च– २०२६ मा भारतको हरियाणा, जिल्ला झज्जर, गाउँ हेलन गाउँ स्थित कुखुरा फर्ममा अन्डा टिप्ने काम रहेको र सो काममा राम्रो कमाई हुन्छ भनि आश्वासन दिलाई उनीहरूलाई लगेका थिए ।

प्रकाशित : जेष्ठ २७, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA