मिसेस ग्लोबल नेपाल-२०२६को उपाधि सभ्या महर्जनलाई : JCNEPALMEDIA

जेष्ठ २९,२०८३ / जेसी नेपाल संवाददाता

मिसेस ग्लोबल नेपाल-२०२६ को उपाधि काठमाडौँ गोंगबुकी सभ्या महर्जनले जितेकी छन्। मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने 'एनएफईए-२०२६' मा सहभागिता जनाउने इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।

बिहीबार राजधानीमा सम्पन्न भव्य फाइनल स्पर्धामा रञ्जिता क्षेत्री फस्ट रनरअप र अञ्जु भट्टराई सेकेन्ड रनरअप भइन्। हिमालयन मुभिजद्वारा आयोजित विवाहित महिलाहरूको यो राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको नवौँ संस्करण हो। विभिन्न क्षेत्रका १२ भन्दा बढी महिलाको सहभागिता रहेको यस प्रतियोगितामा प्रतियोगीहरूलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो। सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले उनीहरूलाई व्यक्तित्व विकास, उद्घोषण कला, स्टेज प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, नेतृत्व क्षमता विकास, फोटोसुट र भिडिओसुटलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक ओपनिङ डान्सबाट भएको थियो, जहाँ उनीहरूले कोरियोग्राफर सुब्बाकै निर्देशनमा प्रतियोगिताको थिम सङमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। परिचयात्मक चरण, बेस्ट ड्रेस चरण, टप नाइन र टप सिक्स हुँदै प्रतियोगिता क्राउनिङ चरणमा पुगेर समापन भएको थियो। कार्यक्रममा मुख्य उपाधिका अलावा विभिन्न विधागत विनरहरू समेत घोषणा गरिएको थियो। जसअन्तर्गत मुख्य विजेता सभ्या महर्जनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस दुवै अवार्ड हात पारिन्। त्यस्तै रोशी धितालले बेस्ट फोटोजेनिक, रन्जिता क्षेत्रीले मोस्ट स्मार्ट, अन्जु भट्टराईले मोस्ट डाइनामिक र बिमला महर्जनले मोस्ट चार्मिङ र माेस्ट पपुलर अवार्ड जिते। प्रतियोगितामा सरला थापा मोस्ट कन्फिडेन्ट, ललिता राई बेस्ट कम्प्लेक्सन, विमला श्रेष्ठ बेस्ट पर्सनालिटी, वेस्ट मल्टिमिडिया गिता खतिवडा, निर्मला नगरकोटी मोस्ट प्यासोनेट, गिता खतिवडा मोस्ट डिलिजेन्ट र बिना महर्जन मोस्ट एट्र्याक्टिभ भए।

यसैगरी मीनाकुमारी मगरले मोस्ट डेडिकेटेड र वेस्ट पब्लिक च्वाइस विधामा बाजी मारिन् भने अञ्जुदेवी भट्टराईले पब्लिक च्वाइस भिडियो अवार्ड प्राप्त गरिन्। प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेतृ एवं इभेन्ट अर्गनाइजर मेनुका माझी र 'ब्युटिसियन नेपाल २०२६' सानु थापा मगरलगायत थिए। विवाहित महिलाहरूको क्षमता र प्रतिभालाई समाजसामु प्रस्फुटन गराउँदै उनीहरूको छुट्टै पहिचान बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित : जेष्ठ २९, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA