बैंकिङ कसुरमा चर्चित सेफ सन्तोष साह पक्राउ : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली मूलका चर्चित अन्तर्राष्ट्रिय सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार साहलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

उनीमाथि काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा आर्थिक कारोबारमा कैफियत भेटिएपछि उनलाई पक्राउ गरिएको बताइएको छ। उक्त रेष्टुरेन्ट करिब एक करोड ३० लाख रुपैयाँमा खरिद गरिएको भए पनि सम्झौताअनुसार बाँकी रकम भुक्तानी नगरेको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हाे। को हुन् सन्तोष साह ? सन्तोष साह नेपालका चर्चित तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित सेफ हुन्। सिराहा जिल्लाको कर्जन्हामा जन्मिएका साहले सानैदेखि पाककलामा रुचि राख्दै आफ्नो व्यावसायिक यात्रा भारत हुँदै बेलायतसम्म विस्तार गरेका हुन्। उनी बेलायतमा आयोजित प्रतिष्ठित पाककला प्रतियोगितामा सन् २०२० संस्करणमा उपविजेता बनेपछि विश्वभर चर्चामा आएका थिए।

साहले प्रतियोगितामा नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्वाद र प्रस्तुतीकरणसँग जोडेर प्रस्तुत गरेका थिए। त्यसपछि उनी नेपाली खानाको विश्वव्यापी प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्। सन् २०२१ मा उनले मास्टरसेफको विशेष ‘रिम्याच’ संस्करण पनि जितेका थिए । उनी नेपाली खानालाई विश्वमञ्चमा चिनाउने व्यक्तित्वका रूपमा स्थापित भएका छन्। हाल उनी नेपाल तथा विदेशमा विभिन्न रेष्टुरेन्ट व्यवसायसँग आबद्ध रहेको बताइन्छ। प्रहरीले भने उनीमाथिको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले पक्राउपछि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

प्रकाशित : जेष्ठ ३०,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA