भारतमा विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतको असम राज्यको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु भएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् । यसअघि दुर्घटनापछि भारतीय वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए । वायु सेनाका अनुसार विमान अवतरण (ल्याण्डिङ) गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो । घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ ।

भारतीय वायु सेनाले एक्समा लेखेको छ, ‘असमको जोरहाटमा भएको एएन–३२ विमान दुर्घटनामा पाँच वायुसेनाकर्मीको निधन भएकोमा हामी गहिरो शोक व्यक्त गर्दछौं ।’ वायु सेनाले थप भनेको छ, ‘स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिएका छन् । भारतीय वायु सेना शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा उनीहरूसँग दृढतापूर्वक उभिएको छ ।’

दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको र प्रारम्भिक अनुसन्धान पनि भइरहेको वायु सेनाले जनाएको छ । अनुसन्धानको निष्कर्ष नआउँदासम्म कुनै पनि अड्कलबाजी नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रकाशित : जेष्ठ ३०,२०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA