भारतमा विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतको असम राज्यको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु भएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् । यसअघि दुर्घटनापछि भारतीय वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए । वायु सेनाका अनुसार विमान अवतरण (ल्याण्डिङ) गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो । घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ ।

भारतीय वायु सेनाले एक्समा लेखेको छ, ‘असमको जोरहाटमा भएको एएन–३२ विमान दुर्घटनामा पाँच वायुसेनाकर्मीको निधन भएकोमा हामी गहिरो शोक व्यक्त गर्दछौं ।’ वायु सेनाले थप भनेको छ, ‘स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिएका छन् । भारतीय वायु सेना शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा उनीहरूसँग दृढतापूर्वक उभिएको छ ।’

दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको र प्रारम्भिक अनुसन्धान पनि भइरहेको वायु सेनाले जनाएको छ । अनुसन्धानको निष्कर्ष नआउँदासम्म कुनै पनि अड्कलबाजी नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रकाशित : जेष्ठ ३०,२०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA