चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु भएको छ l मोबाइल चोरी मुद्दामा पक्राउ परेका २१ वर्षीय सबीर बक्सको प्रहरी हिरासतमा मृत्यु भएको छ।

वीरेन्द्रनगर–१० निवासी बक्स जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। शुक्रबार हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अपराह्न ४ बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार उपचारका क्रममा शनिबार बिहान ५:३२ बजे उनको मृत्यु भएको हो।

प्रहरीले मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक चिकित्सक बोलाउने प्रक्रिया भइरहेको जनाएको छ। शव परीक्षण प्रतिवेदनपछि मात्र मृत्युको कारण खुल्ने र त्यसपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रकाशित : जेष्ठ ३०,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA