चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु भएको छ l मोबाइल चोरी मुद्दामा पक्राउ परेका २१ वर्षीय सबीर बक्सको प्रहरी हिरासतमा मृत्यु भएको छ।

वीरेन्द्रनगर–१० निवासी बक्स जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। शुक्रबार हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अपराह्न ४ बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार उपचारका क्रममा शनिबार बिहान ५:३२ बजे उनको मृत्यु भएको हो।

प्रहरीले मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक चिकित्सक बोलाउने प्रक्रिया भइरहेको जनाएको छ। शव परीक्षण प्रतिवेदनपछि मात्र मृत्युको कारण खुल्ने र त्यसपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रकाशित : जेष्ठ ३०,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA