हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

प्रहरीको लागूऔषध ब्यूरोको टोलीले शनिबार ललितपुरको गैरीगाउँमा हवाई फायर गरेर लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार, बाराको सिम्रौनगढबाट काठमाडौँ आउँदै गरेको कारमा लागूऔषध ट्रामाडोल रहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा ब्यूरोको टोलीले शनिबार ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको कारलाई रोक्न खोजेको थियो।

प्रहरीले रोक्न खोज्दा चालकले कार हुइकाएको ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले बताए। प्रहरी टोलीले एक राउन्ड हवाइ फायर गरेपछि कार रोकिएको थियो। त्यसपपिछ प्रहरीले खानतासी गर्दा डिक्कीभित्र लुकाइ राखेको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद गरिएको रेग्मीले बताए। बागमती प्रदेशको बीएडी ९२०१ नम्बरको रातो रंगको कारसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षी महमद सद्दाम रहेका छन्। उनीहरूबाट बा. ५२ प. ४५६७ नम्बरको सेता रंगको मोटरसाइकल र पाँच वटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ ३०,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA