हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

जेष्ठ ३०,२०८३ / जेसी नेपाल संवाददाता

प्रहरीको लागूऔषध ब्यूरोको टोलीले शनिबार ललितपुरको गैरीगाउँमा हवाई फायर गरेर लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार, बाराको सिम्रौनगढबाट काठमाडौँ आउँदै गरेको कारमा लागूऔषध ट्रामाडोल रहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा ब्यूरोको टोलीले शनिबार ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको कारलाई रोक्न खोजेको थियो।

प्रहरीले रोक्न खोज्दा चालकले कार हुइकाएको ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले बताए। प्रहरी टोलीले एक राउन्ड हवाइ फायर गरेपछि कार रोकिएको थियो। त्यसपपिछ प्रहरीले खानतासी गर्दा डिक्कीभित्र लुकाइ राखेको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद गरिएको रेग्मीले बताए। बागमती प्रदेशको बीएडी ९२०१ नम्बरको रातो रंगको कारसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षी महमद सद्दाम रहेका छन्। उनीहरूबाट बा. ५२ प. ४५६७ नम्बरको सेता रंगको मोटरसाइकल र पाँच वटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ ३०,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA