मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक : JCNEPALMEDIA

असार ०१,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक देखिएको छ। खेलकुद तथा समाजकल्याण मन्त्रालयको बजेटमा १ अर्ब ४० करोड विनियोजन गरिएकोमा १ अर्ब ४३ करोडको विवरण छ।

 रकममा देखिएको हेरफेरले अर्थमन्त्रीलाई अपरिक्व र अयोग्य ठहर गर्न प्रतिपक्षी दलले टिप्पणी गरेको छ। जनकपुरधाम– मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा वाचन गरेकाे बजेट र मन्त्रालयगत बजेटमा ८ अर्बभन्दा बढीको फरक देखिएको छ। अर्थमन्त्री भट्टराईले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको भने पनि मन्त्रालयगत रुपमा राखिएको बजेटमा ४९ अर्ब २४ करोड १४ लाख रहेको उल्लेख गरिएको छ। अर्थमन्त्री भट्टराईले बजेट वाचनको क्रममा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट सञ्चालित हुने कार्यक्रमहरु बाहेक आगामी आर्थिक वर्षका लागि कुल रु ४१ अर्ब १३ करोड ८६ लाख विनियोजन गरेको भनेका थिए।

तर बजेट भाषण पुस्तकको पृष्ठ ३८ मा आगामी आव २०८३।८४ को मन्त्रालयगत व्यय अनुमान (वित्तीय व्यवस्था सहित) को तालिका रहेकोमा त्यसमा ४९ अर्ब २४ करोड १४ लाख रहेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले बजेट वाचनको क्रममा खेलकुद तथा समाजकल्याण मन्त्रालय अन्तर्गतबाट सञ्चालन हुने कार्यक्रमका लागि १ अर्ब ४० करोड विनियोजन गरेको बताएका थिए तर मन्त्रालयगत बजेट विवरणमा १ अर्ब ४३ करोड ३७ लाख २६ हजार उल्लेख छ। वाचनको क्रममा अर्थमन्त्री भट्टराईले गृह, सञ्चार तथा कानुन मन्त्रालयका लागि ६८ करोड ३४ लाख विनियोजन गरेको बताएकोमा मन्त्रालयगत बजेटमा समेत ६८ करोड ३४ लाख ३७ हजार उल्लेख छ। यस्तै, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ३३ करोड विनियोजन गरेको भनेकोमा मन्त्रालयगत विवरणमा यस मन्त्रालयका लागि १ अर्ब ७४ करोड ६२ लाख ८ हजार उल्लेख गरिएको छ।

यसैगरि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लािग ५ अर्ब ९५ करोड रुपैयाँ विनियोज गरेको भनेकोमा मन्त्रालयगत विवरणमा यस मन्त्रालयका लागि ६ अर्ब ७० करोड ८८ लाख ३६ हजार रुपैयाँ उल्लेख गरिएको छ। श्रम तथा यातायात मन्त्रालयका लागि अर्थमन्त्री भट्टराईले ३३ करोड १० लाख विनियोजन गरेको भनेकोमा मन्त्रालयगत अनुसार रहेको विवरणमा ३४ करोड ८८ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ। यसैगरि अधिकांश मन्त्रालयमा मन्त्री भट्टराईले वाचन गरेको र मन्त्रालयगत अनुसार विनियोजिन बजेट रकम उल्लेख भएकोमा फरक देखिएको छ। यता, अर्थ सचिव सेवन्तक पोखरेलले रकम फरक नभएको बताए। उनले भने, ‘संघ सरकारले हामीलाई अनुदानपनि दिन्छ। पछाडि हामीले संघ सरकारबाट ८ अर्ब ११ करोड शसर्त अनुदान प्राप्त भएको उल्लेख छ। त्यो रकम पहिला नै केन्द्रले बजेटमा देखाइसकेको छ। त्यो पैसामा के हुन्छ भने संघ सरकारले काम तोकेरै पठाउँछ।

त्यही काममा हामीले खर्च गर्छौ। खर्च भएन भने त्यो रकम हामीले फिर्ता गर्छौ।’ सचिव पोखरेलले बजेट वाचनमै शसर्त अनुदान बाहेक लेखेको बताउँदै उनले अनुसूचीमा पछि देखाएकै बताए। उनले आफूहरुको ट्रेजरीबाट ४१ अर्ब नै रहने र ८ अर्ब संघीय सरकारबाट हुने बताए। मधेस प्रदेशका पूर्व अर्थमन्त्री एवं प्रतिपक्षी दल जनमत पार्टीका प्रदेशसभा सदस्य महेशप्रसाद यादवले बजेट रकममा देखिएको हेरफेरले अर्थमन्त्री अपरिक्व र अयोग्य देखिएको टिप्पणी गरे।

उनले देशका अन्य प्रदेश र मधेश प्रदेशको पनि विगतदेखि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान जोडेर बजेट रकम तोकिने गरेको बताए। यादवले अनुदान रकम संसदबाट पारित नहुँदा योजना संचालनमा समस्या आउन सक्ने बताए।

प्रकाशित : असार ०१,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

कसमिरमा सेनाले गाेलि चलायाे ,४६ जनाकाे मृत्यु : JCNEPALMEDIA

चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA

भारतमा विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु : JCNEPALMEDIA

बैंकिङ कसुरमा चर्चित सेफ सन्तोष साह पक्राउ : JCNEPALMEDIA

मिसेस ग्लोबल नेपाल-२०२६को उपाधि सभ्या महर्जनलाई : JCNEPALMEDIA