एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

असार ०४,२०८३ / जेसी नेपाल संवाददाता

नेकपा (एमाले) पुनर्गठनका लागि सुझाव संकलनका क्रममा आज लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल सुरु गरिएको छ।

बिहीबार कपिलवस्तुको चन्द्रौटामा प्रदेशस्तरीय भेला सुरु भएको छ। भेलामा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरिने भएको एमालेले जनाएको छ। भेलामा एमालेको सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सहभागी छन्। त्यस्तै, एमालेका लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्ता र बुद्धिजिवी उपस्थित छन्।

उनीहरूसँग सुझाव लिने क्रम जारी रहेको एमालेले जनाएको छ। यसअघि कार्यदलले कोसी प्रदेशका नेता तथा कार्यकर्तासँग सुझाव लिएको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर सुझाव संकलन गर्ने कार्यक्रममा रहेको छ।

प्रकाशित : असार ०४,२०८३ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA