प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

असार ०४,२०८३ / जेसी नेपाल संवाददाता

गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाक खरिद प्रक्रिया परिवर्तन गर्ने तयारी गरिएको बताएका छन्।

मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले पोशाक खरिदमा हुने टेन्डर विवाद र अनियमितता रोक्न नयाँ प्रणाली ल्याउने संकेत गरेका हुन्। मन्त्री गुरुङका अनुसार हाल पोशाक खरिदमा बारम्बार समस्या र विवाद उत्पन्न हुने गरेको छ।

यसलाई अन्त्य गर्न अब पोशाकका लागि छुट्याइने रकम सिधै प्रहरीलाई उपलब्ध गराउने र उनीहरूले आफैं आवश्यक पोशाक खरिद गर्ने व्यवस्था गर्ने तयारी भइरहेको छ। ‘प्रहरीको पोशाक टेन्डर प्रक्रियामा धेरै इस्यू आउने गरेको सुनिन्छ। जति रकम पोशाकमा खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र आफैं खरिद गर्ने सोच बनाएका छौं,’ उनले बताए।

सरकारको यो प्रस्ताव लागू भएमा पोशाक खरिदमा पारदर्शिता बढ्ने र ढिलासुस्ती तथा अनियमितता घट्ने अपेक्षा गरिएको छ।

प्रकाशित : असार ०४,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA