धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

असार ०५,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका जेसिब (ब्याकहोय लोडर) मा गएराती आगलगी भई जलेर ध्वस्त भएको छ । गएराती नगरपालिकाले खरिद गरेको जेसिबीमा आगलगी हुँदा जलेर ध्वस्त भएको हो । धेरैदिनदेखि बिग्रेको भनेर भनेपछि गएराती अचानक आगलगी भएपछि मेयर दिनेश प्रसाद यादवमाथि शंका गरिएको छ ।

शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश निराला र पूर्व मेयर समेत रहेका उदय कुमार बरबरियाले वर्तमान मेयर दिनेश प्रसाद यादवले सुनुयोजित रुपमा जेसिबीमा आगो लगाएको आरोप लगाएका छन् । बिग्रिएर राखिएको भन्दाभन्दै कुन प्रयोजन, कुन योजनाको लागि जेसिबी सँचालन भएको भन्दै मेयर यादवमाथि वडाध्यक्ष निरालाले तँज कसेका छन् । मेयर यादवकै संलग्नतामा जेसिबी जलेको आरोप उनले अप्रत्यक्ष रुपमा लगाएका छन् । यस्तै, पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले समेत मेयर यादवमाथि आरोप लगाएका छन् ।

कार्यपालिका बैठकमा १ दिन अगाडि मात्रै जेसिबी बिग्रिएको भनेर जानकारी गराइयो। तर त्यसको भोलिपल्ट रातारात कृषि सडक बनाउन त्यही जेसिबी कसरी पुग्यो ? यदि मेसिन बिग्रिएको थियो भने सञ्चालन कसरी भयो ? यदि सञ्चालन योग्य थियो भने कार्यपालिकामा गलत जानकारी किन दिइयो ? जनतालाई भ्रममा पार्ने, चोर बाटोबाट बैठक बसाल्ने र घटनापछि जिम्मेवारीबाट भाग्ने काम स्वीकार्य हुँदैन। यस विषयमा मेयरले तत्काल सार्वजनिक रूपमा स्पष्ट जवाफ दिनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ , उनले लेखेका छन् ।

जेसिबी जलेको पोष्ट मेयर यादवकै गाडी चालकले सर्वप्रथम फेसबुकमा, टिकटकमा राखेपछि मेयरमाथि शंका उब्जिएको हो । एक भिडियोमा मेयर यादवको आवाज सुनिएको दाबी गरिएको छ । त्यसै संदरभमा मेयर दिनेश प्रसाद यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हन सकेन ।

प्रकाशित : असार ०५,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA