धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

असार ०७,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : धनुषा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरेको छ। जिल्लाको सबैला नगरपालिका–१० खरिहानी क्षेत्रमा गरिएको प्रहरी कारबाहीका क्रममा चोरी भएका मोटरसाइकलहरू फेला पारिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामद गरिएका मोटरसाइकलहरू पछिल्लो समय धनुषाका विभिन्न स्थानबाट चोरी भएका थिए। मोटरसाइकल बरामद भए पनि यस सम्बन्धी विस्तृत विवरण भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। घटनासँग सम्बन्धित अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि सोधपुछ तथा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहानले मोटरसाइकल चोरी प्रकरणबारे अनुसन्धान जारी रहेको जानकारी दिँदै आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि बरामद मोटरसाइकलको संख्या, नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण तथा घटनाको अन्य पक्ष सार्वजनिक गरिने बताए।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको जनाएको छ। चोरीका सवारीसाधन नियन्त्रण तथा चोरीमा संलग्न समूहको पहिचानका लागि अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : असार ०७,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA