कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा ,विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते : JCNEPALMEDIA

असार ०९,२०८३ / जेसी नेपाल संवाददाता

कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा ,विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते त्यस घटनामा १३ जनाको मृत्यु र ६६ जना घाइते भएको सार्वजनिक भएको थियो। काठमाडौं : कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते भएको जनाएको छ ।

त्यस घटनामा १३ जनाको मृत्यु र ६६ जना घाइते भएको सार्वजनिक भएको थियो । घाइते नेपालीको संख्या र परिचय भने सार्वजनिक गरिएको छैन । दुर्घटनामा मृत्यु हुनेहरू भारतीय र पाकिस्तानी नागरिक रहेको कतारी अधिकारीहरूले जनाएका छन् । ऊर्जा मामिलासम्बन्धी राज्यमन्त्री तथा कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद बिन शेरिदा अल-काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा नेपालीसहित कतारी, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली र नाइजेरियाली नागरिक घाइते भएको जानकारी दिएका हुन्। घाइतेमध्ये कसैको अवस्था गम्भीर नरहेको उनले बताए । दुर्घटनापछि कतारमा कार्यरत नेपाली कामदारहरूको अवस्थाबारे चासो बढिरहेका बेला कतारी अधिकारीहरूले घाइते नेपालीसहित सबै घाइतेको अवस्था स्थिर रहेको बताएका छन् ।

अल-काबीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । कतार इनर्जीका अनुसार बरजान प्लान्ट डिसेम्बर २०२५ देखि अत्यावश्यक मर्मतका लागि बन्द थियो । दुर्घटना हुनुभन्दा दुई दिनअघि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो । अल-काबीले घटनालाई सञ्चालनसम्बन्धी दुर्घटना भएको बताउँदै यसमा कुनै तोडफोड वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नरहेको स्पष्ट पारे । ‘कतार इनर्जीको आपत्कालीन उद्धार टोली र कतार सिभिल डिफेन्सले आगोलाई छिट्टै नियन्त्रणमा लिएका थिए,’ उनले भने।

कतार इनर्जीले घटनाबाट एलएनजी उत्पादन केन्द्र, रास लाफान बन्दरगाह, निर्यात प्रणाली तथा अन्य आपूर्ति सञ्जालमा कुनै असर नपरेको जनाएको छ । कम्पनीका अनुसारतथा अन्य आपूर्ति सञ्जालमा कुनै असर नपरेको जनाएको छ । कम्पनीका अनुसार क्षतिको मूल्याङ्कन तथा अनुसन्धानको काम जारी छ । अल-काबीले कतारसँग पर्याप्त ग्यास भण्डार र वैकल्पिक आपूर्ति क्षमता रहेकाले निर्यात तथा आन्तरिक आपूर्तिमा कुनै समस्या नआउने दाबी गरे ।

प्रकाशित : असार ०९,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA