धनुषामा जनकपुर उपमहानगरसहित तीन स्थानीय तहले गर्न सकेन नगरसभा : JCNEPALMEDIA

असार १०,२०८३ / जेसी नेपाल संवाददाता

धनुषामा जनकपुरधाम, कमला र विदेह नगरपालिकाले समयमै नगरसभा गर्न नसकेकोमा स्थानीय नेताहरूले विभिन्न कारणहरू देखाएका छन्। अधिकांश स्थानीय तहहरू समयमै नगरसभा गरी केहीले बजेट पारित गरे, तर अधिकांशले पारित गर्न बाँकी छ।

बटेश्वर, लक्ष्मिनीयाँ, धनुषाधाम लगायत केही स्थानीय तहले निर्धारित समयभित्रै नगरसभा गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेका छन्। जनकपुरधाम – धनुषामा एक उपमहानगरपालिकासहित ३ स्थानीय तहले समयमा आ–आफ्नो नगरसभा गर्न सकेको छैन्। असार १० गते भित्र स्थानीय तहहरुले नगरसभा गर्नुपर्ने प्रावधान रहेकोमा मधेस प्रदेशको राजधानी समेत पर्ने जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले निर्धारित समयमा नगरसभा गर्न सकेको छैन्। १८ वटा स्थानीय तह रहेको धनुषामा एक उपमहानगरपालिका, ६ वटा गाउँपालिका र ११ वटा नगरपालिका रहेको छ, जसमा उपमहानगर र दुई वटा नगरपालिकाले नगरसभा गर्न सकेको छैन्।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आफ्नो स्थानीय तहमा किन नगरसभा नभएको त्यसबारेमा आफूलाई जानकारी नभएको बताए। उनले नगरप्रमुख यहाँ नरहेका कारण समयमा नगरसभा नभएको आरोप लगाए। नगरसभा गर्न नसकेको विदेह नगरपालिकाका प्रमुख बेचन दासले आर्थिक वर्ष २०८१/८२ को फर्छौट हुन नसकेका कारण नगरसभा हुन नसकेको बताए। ‘जेनजी आन्दोलनको क्रममा अफिसमा अगो लगाइदियो। पुरानो हाकीम साहेवले प्रमाणित नगरेका कारण अहिले नगरसभा हुने सम्भावना पनि कम छ’, उनले भने। यस्तै, कमला नगरपालिकाका मेयर विशेश्वर यादवले आफूहरुले समेत समयमा नगरसभा गर्न नसकेको बताए। उनले अब चाँडै बार्डको बैठक बसेर नगरसभाको मिति तय गर्ने बताए। बाँकी रहेको १५ वटा स्थानीय तहले समयमै नगरसभा गर्न भ्याएको छ।

केही स्थानीय तहले नगरसभाबाट बजेट पारित समेत गरिसकेको छ भने अधिकांशको नगरसभामा पेश भएपनि पारित हुन बाँकी छ। उनीहरुले असार मसान्तको विभिन्न मितिमा नगरसभा गरेको छ। नगरसभा गर्ने स्थानीय तहमा गणेशमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनीयाँ गाउँपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका रहेको छ। यस्तै, सबैला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपािलका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिकाले समयमै नगरसभा गर्न सकेको छ। बटेश्वर गाउँपालिकाले असार २ गते नगरसभा गरेको थियो। बटेश्वरले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४४ करोड ७० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ। लक्ष्मिनीयाँ गाउँपालिकाले असार ३ गते नगरसभा गरेको थियो। लक्ष्मिनीयाँले आगामी आवका लागि ४५ करोड ७४ लाख २४ हजार ४५० रुपैयाँको बजेट प्रस्तुत गरेको हो।

यस्तै, असार ३ गते नै श्रीरेश्वरनाथ नगरपालिकाले आगामी आवका लागि ७८ करोडको बजेट प्रस्तुत गरेको थियो। असार ३ मै बजेट प्रस्तुत भएतापनि पारित हुन बाँकी रहेको छ। सोही दिन गणेशमान चारनाथ नगरपालिकाले समेत नगरसभा गरेको थियो। असार ५ गते धनुषाधाम नगरपालिकाले आफ्नो नगरसभा गरेको थियो। नगरसभामा आगामी आवका लागि ५७ करोड २० लाख ४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ। जनकन्दिनीले असार ६ गते नगरसभा गरेको थियो। जनकन्दिनीले आगामी आवका लागि ४६ करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ। यस्तै, सोही दिन नै मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले समेत नगरसभा गरेको थियो। मिथिला विहारी नगरपालिकाले असार ८ गते आफ्नो नगरसभा गरेको थियो। मिथिला विहारीले आगामी आवका लागि ५० करोड ३० लाख बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको थियो।

यस्तै, हंसपुरले असार १० गते नगरसभामा ५५ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। धनौजीले पनि आफ्नो नगरसभामा ६० करोड ६५ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो। यसैगरि, शहीदनगरले आज (असार १०) गरेको नगरसभामा ६५ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। सबैलाले ७७ करोड ७ लाख ४१ हजार ६७०, मिथिला नगरपालिकाले ९१ करोड बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ। यसैगरि, औरही गाउँपालिकाले आज गरेको नगरसभामा ३७ करोड २७ लाख ८४ हजार र नगराइन नगरपालिकाले ५४ करोड ७५ लाख ६१ हजार रुपैयाँको बजेट आगामी आवका लागि प्रस्तुत गरेको छ।

प्रकाशित : असार १०,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आईजीपी कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन उद्घाटन : JCNEPALMEDIA

कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा ,विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते : JCNEPALMEDIA

बाँकेमा एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, तीन जना नियन्त्रणमा : JCNEPALMEDIA

रास्वपा महाधिवेशनमा अमरेश सिंह अनुपस्थित ,बालेनमाथि कटाक्षदेखि आफ्नै सरकारप्रति असन्तुष्टि : JCNEPALMEDIA

धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी