नगरपालिका जेसिबीमा आगो लागेपछि शहिदनगरको पूर्व मेयर बरबरिया सहितका युवाले माँगे आगलागी र करार कर्मचारीको विवरण : JCNEPALMEDIA

असार ११,२०८३ / जेसी नेपाल संवाददाता

धनुषाको शहिदनगर नगरपालिकाको जेसिबीमा आगलगी प्रकरणमा विवरण माग गरिएको छ । नगरपालिकाका पूर्व नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को नेतृत्वमा गएको नागरिकहरुको टोलीले जेसिबीमा आगलगीसहित अन्य विवरण माग गरेको हो ।

सोही सन्दर्भमा नगरपालिकामा सूचना अधिकारसम्बन्धी ऐन अन्तर्गत विभिन्न विषयमा जानकारी माग गर्दै नागरिकहरूले निवेदन दर्ता गरेका छन्। नगरपालिकाको स्वामित्वमा रहेको जेसीबीमा भएको आगलागी घटना, त्यसको अनुसन्धान तथा क्षतिसम्बन्धी विवरणसहित करार कर्मचारीहरूको जानकारी माग गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै दर्ता गरिएको निवेदनमा नगरपालिकाको स्वामित्वमा रहेको जेसीबीमा भएको आगलागी घटनासम्बन्धी सम्पूर्ण विवरण, अनुसन्धान प्रतिवेदन तथा क्षतिको अवस्था सार्वजनिक गर्न माग गरिएको छ।

साथै आगलागी भएको समयमा जेसीबी सञ्चालन गरिरहेका चालकको नाम, पद तथा पहिचानसम्बन्धी विवरण पनि उपलब्ध गराउन अनुरोध गरिएको छ। निवेदनमा उक्त जेसीबी प्रयोग भएको निर्माणाधीन सडकको नाम, स्थान, योजना स्वीकृति, लागत तथा कार्य प्रगतिसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउन माग गरिएको छ। त्यसैगरी जेसीबी सञ्चालनका लागि जारी आदेश, निर्णय, स्वीकृति वा कार्यादेशको प्रतिलिपि पनि माग गरिएको छ। आगलागी वा अन्य कारणले जेसीबी मर्मत गरिएको भए सोको मर्मत खर्च, भुक्तानी विवरण तथा सम्बन्धित प्रतिवेदन उपलब्ध गराउनुपर्ने माग पनि निवेदनमा समेटिएको छ। साथै जेसीबीका पार्टपुर्जा सम्बन्धमा चालकले हेरफेर गरेको भन्ने चर्चा सार्वजनिक भएको उल्लेख गर्दै त्यस विषयमा नगरपालिका वा सम्बन्धित निकायबाट कुनै छानबिन, स्पष्टीकरण वा निर्णय भएको भए त्यसको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

निवेदनमार्फत हाल नगरपालिकामा कार्यरत करार कर्मचारीहरूको नाम, पद, नियुक्ति मिति र सेवा अवधिसहितको विवरण माग गरिएको छ। शिक्षा, स्वास्थ्य तथा अन्य शाखामा कार्यरत करार कर्मचारीहरूको छुट्टाछुट्टै विवरण पनि माग गरिएको छ। त्यसैगरी दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको संख्या, नाम, कार्यक्षेत्र, ज्याला दर तथा भुक्तानी विवरणसमेत सार्वजनिक गर्न माग गरिएको छ।

 

तहमा सार्वजनिक सम्पत्ति, कर्मचारी व्यवस्थापन तथा वित्तीय पारदर्शितासम्बन्धी विषयमा चासो बढिरहेका बेला नागरिकहरूले सूचना अधिकारको प्रयोग गर्दै विवरण माग गरेपछि नगरपालिकाले कस्तो जवाफ दिन्छ भन्ने विषयलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ।

 प्रकाशित : असार ११,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA