रास्वपा महाधिवेशनमा उम्मेदवार सूची विवाद : नेताहरू नैअसन्तुष्ट, निष्पक्षतामाथि उठे प्रश्न : JCNEPALMEDIA

असार ११,२०८३ / जेसी नेपाल संवाददाता

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानअघि उम्मेदवारहरूको नामावली क्रमाङ्कलाई लिएर विवाद उत्पन्न भएको छ। पार्टीका केही जिम्मेवार नेताहरू र उम्मेदवारहरूले नै कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार धनञ्जय रेग्मी ले पार्टीको व्यवस्थापन र कार्यशैलीमाथि प्रश्न उठाउँदै महाधिवेशनमा देखिएको अव्यवस्थाले रास्वपाको छविमा नकारात्मक असर पर्ने बताएका छन्। उनले उम्मेदवारहरूको नाम क्रमाङ्कमा भएको फेरबदलले मतदान प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको दाबी गरेका छन्। बुधबार मध्यरातदेखि सुरु भएको विद्युतीय मतदानका क्रममा केही उम्मेदवारहरूले शीर्ष नेतृत्वले जिताउन चाहेका व्यक्तिहरूलाई सूचीको अगाडि राखिएको आरोप लगाएका छन्।

यद्यपि यसबारे पार्टी नेतृत्वको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। संस्थापन निकट नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले सुरुमा उम्मेदवारी दर्ता गर्दा आएको क्रमभन्दा फरक नम्बरमा नाम परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। त्यसैगरीआशिका तामाङ र गणेश कार्कीले पनि आफ्नो नाम सूचीमा तल सारिएको गुनासो गरेका छन्।

 

मतदान प्रक्रिया जारी रहँदा उठेका यी प्रश्नहरूले पार्टीभित्र पारदर्शिता, आन्तरिक लोकतन्त्र र निर्वाचन व्यवस्थापनबारे बहसलाई थप तीव्र बनाएको छ। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित : असार ११,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA