धनौजी गाउँपालिकाको १५औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान : JCNEPALMEDIA

असार ११,२०८३ / जेसी नेपाल संवाददाता

धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार साहले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

उहाँले गाउँपालिकाको समग्र विकासलाई तीव्रता दिने उद्देश्यले जनमुखी तथा परिणाममुखी कार्यक्रमहरू अघि सारिएको बताउनुभयो। अध्यक्ष साहले नयाँ आर्थिक वर्ष सुरु भएसँगै विकास निर्माणका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्दै साउन महिनादेखि नै योजनाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगतमा जस्तो बजेट तथा योजनाको कार्यान्वयनमा ढिलाइ हुन नदिई समयमै काम सुरु गरिने उहाँको भनाइ थियो। गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले गाउँपालिकाको प्रशासनिक अवस्था, चालु योजनाहरू तथा आगामी वर्षका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो। साथै बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई विशेष ध्यान दिइने बताइएको छ।

कार्यक्रममा गाउँपालिकाका सबै वडाध्यक्ष, जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको विकासलाई गति दिन बजेटको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, ग्रामीण सडक स्तरोन्नति तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष साहले जनताका आवश्यकता र सुझावलाई केन्द्रमा राखेर विकासका कार्यक्रम सञ्चालन गरिने बताउँदै सबै पक्षको सहयोग र समन्वयबाट धनौजी गाउँपालिकालाई समृद्ध र विकासोन्मुख स्थानीय तहका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित : असार ११,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA