रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरु पदाधिकारीको लागि चुनाव हुने : JCNEPALMEDIA

असार १२,२०८३ / जेसी नेपाल संवाददाता

चितवन : रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा भैरहेको महाधिवेशनमा उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएका हुन् ।

नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वाग्लेलाई सघाउनुभएको हो । अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ । एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा. तोसिमा कार्कीले दावी गरेका छन् । केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी छ ।

दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान १ बजे उम्मेदवारको प्रारम्भिक सूची गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ । प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दाबी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ ।

उपसभापतिमा वाग्लेको मात्रै उम्मेदवारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सहमहामन्त्री (खुला) र एक महिला सहमहामन्त्रीमा चुनाव हुनेछ । महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले आकांक्षा देखाएका छन् ।

सहमतिको प्रयास भैरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो ।

प्रकाशित : असार १२,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA