मधेसमा करिब ४ लाख हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४ प्रतिशतमात्र धान रोपाइँ : JCNEPALMEDIA

असार १२,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेस प्रदेशमा रहेको खेतीयोग्य जमिनमध्ये १६ हजार ७११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

कृषि विकास निर्देशनालय मधेस प्रदेशका अनुसार ३ लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानबाली हुने गरेकोमा त्यसको ४.३६ प्रतिशतमा रोपाइँ सम्पन्न भएको हो। निर्देशनालयका सूचना अधिकारी वाली संरक्षण अधिकृत सुदिप चौधरीका अनुसार रौतहट र पर्साबाहेक ६ जिल्लामा धान रोपाइँ सुरु भएको छ। चौधरीले उपलब्ध गराएको तथ्यांकअनुसार प्रतिशत हिसाबले महोत्तरीमा सबैभन्दा बढी धान रोपाइँ भएको छ। महोत्तरीमा ४० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा बिहीबारसम्मको तथ्यांकअनुसार ३ हजार २६६ हेक्टर अर्थात ८.१७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।

धनुषामा ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा ७ प्रतिशत अर्थात ३ हजार ५९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। बारामा ४५ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये ७ प्रतिशत अर्थात ३ हजार २५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

यस्तै, सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमध्ये ५ प्रतिशत अर्थात २ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा त्यसको ५ प्रतिशत अर्थात ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। सर्लाहीमा ४२ हजार ६९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २.५ प्रतिशत अर्थात १ हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। निर्देशनालयको तथ्यांकअनुसार बारामा ४५ हजार १ सय र पर्सामा ५३ हजार ९३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। यी दुई जिल्लामा धान रोपाइँ सुरु भएको छैन।

प्रकाशित : असार १२,२०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA