आज दोहामा अमेरिका र इरानबिच वार्ता हने,ट्रम्पको दाबी : JCNEPALMEDIA

असार १६,२०८३ / जेसी नेपाल संवाददाता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) कतारको राजधानी दोहामा आफ्नो देश र इरानबिच महत्त्वपूर्ण वार्ता हुने दाबी गरेका छन्।

ट्रम्पले यस वार्ताका लागि इरान आफैँले अनुरोध गरेको दाबी पनि गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताए। उनले भने, ‘छलफल जुन १७ मा दुई देशबिच हस्ताक्षर भएको समझदारी पत्र (एमओयू) लाई अगाडि बढाउनमा केन्द्रित हुनेछ।

अमेरिकी अधिकारीहरूका अनुसार वार्ताका लागि विशेष दूत स्टिभ विटकफ दोहाका लागि प्रस्थान गरिसकेका छन्। यद्यपि ट्रम्पका ज्वाइँ जेरेड कुसनर उनीसँगै छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन। अर्कातर्फ इरानको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै अमेरिकासँग कुनै पनि स्तरमा राजनीतिक वार्ताको तालिका नभएको बताएको छ।

मन्त्रालयले भनेको छ, ‘इरानले दोहामा एक विशेषज्ञ प्रतिनिधिमण्डल मात्र पठाउनेछ, जसले एमओयूलाई अगाडि बढाउने र कतारमा रोकिएका इरानी सम्पत्ति फुकुवा गर्नेजस्ता प्राविधिक मुद्दामा काम गर्नेछ।

प्रकाशित : असार १६,२०८३      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA