जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु : गाेगल प्रसाद बसहिया JCNEPALMEDIA

असार १६,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गरे ।

प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालय बसहिया, याज्ञवल्क्य संस्कृति नमूना माध्यमिक विद्यालय ज्ञानकुप, रामजानकी माध्यमिक विद्यालय जनकपुरधाम–७, माध्यमिक विद्यालय मुजेलिया, माध्यमिक विद्यालय रूपैठा, सरस्वती माध्यमिक विद्यालय कनकपट्टी, संकटमोचन रामरती माध्यमिक विद्यालय जनकपुरधाम–४ लगायतका विद्यालयका टोलीले प्रतिस्पर्धा गरिरहेका

छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख साहले खेलकुदले स्वस्थ नागरिक मात्र नभई अनुशासित, सभ्य र जिम्मेवार समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजको समग्र विकासका लागि महिलाको सहभागिता र नेतृत्व पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै खेलकुदमा महिला तथा किशोरीलाई समान अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाले महिला खेलाडीको प्रतिभा पहिचान, खेलप्रति आकर्षण वृद्धि तथा विद्यालय तहबाटै खेल संस्कृतिको विकास गर्ने उद्देश्यले उपमेयर कप महिला कबड्डी प्रतियोगिताको आयोजना गरिएको बताए । यस्ता प्रतियोगिताले छात्राहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र टोलीभावनाको विकास गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

 

 पाँच सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विद्यालय तहमा महिला खेलाडी उत्पादन, खेल प्रतिभाको खोजी तथा महिला खेलकुदको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : असार १६,२०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA