हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा JCNEPALMEDIA

असार १६,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा नर्वेले आइभरी कोस्टविरुद्ध विरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

खेलको अन्तिम समयमा स्टार स्ट्राइकर अर्लिङ हल्याण्डले गोल गरेपछि नर्वेको जित पक्का भएको हो । खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाको गोलबाट नर्वेले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको आइभरी कोस्टका लागि ७४ औं मिनेटमा अमाद डियालोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेल बराबरीमा सकिएर अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहेका बेला ८६ औं मिनेटमा अर्लिङ हल्यान्डले गोल गर्दै नर्वेलाई पुनः २–१ को अग्रता दिलाए । साथै हाल्यान्डले जारी विश्वकपमा गोल संख्या ५ पुर्‍याएका छन् । अब उनीभन्दा अघि अर्जेन्टिनका महान् फुटबलर मेसी छन् । मेसीले समूह चरणका तीन खेलमा नै ६ गोल गरिसकेका छन् ।

अब नर्वेलेर् अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ भने आइभरी कोस्टको यात्रा यही सकिएको छ ।

प्रकाशित : असार १६,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु : गाेगल प्रसाद बसहिया JCNEPALMEDIA

विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस : JCNEPALMEDIA

नायिका उषा रजक: गृहमन्त्रीका मान्छेले ‘ह्यारेस’ गरे, प्रहरीले उजुरी लिएन : JCNEPALMEDIA

आज दोहामा अमेरिका र इरानबिच वार्ता हने,ट्रम्पको दाबी : JCNEPALMEDIA

राष्ट्रिय परिचयपत्रको अरबौंको प्रणाली अब आफ्नै हातमा : JCNEPALMEDIA

मधेसमा करिब ४ लाख हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४ प्रतिशतमात्र धान रोपाइँ : JCNEPALMEDIA