सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ : दीपेन्द्र ऐरी र मानमती बिष्ट वर्षका उत्कृष्ट खेलाडी : JCNEPALMEDIA

असार १९,२०८३ / जेसी नेपाल संवाददाता

धनगढी : सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी मानमती बिष्ट वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित अवार्ड समारोहमा उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको हो।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको प्रतिस्पर्धामा भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी पनि मनोनयनमा परेका थिए। महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबल खेलाडी मिना देउवा अन्तिम मनोनयनमा रहे पनि उपाधि मानमती बिष्टले जितिन्। यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षकको सम्मान कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले हात पारे।

एथलेटिक्सका बिक्रम नाथ वर्ष युवा खेलाडी घोषित भए। सुदूरपश्चिम आइकन अवार्ड पुरुषतर्फ भारोत्तोलक अशोक भण्डारी र महिलातर्फ एथलेटिक्सकी पूजा साउदलाई प्रदान गरियो। क्रिकेट खेलाडी शेर मल्ललाई स्पेशल अवार्ड प्रदान गरिएको कार्यक्रममा स्वर्गीय सुरेश हमाललाई मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो।

अवार्ड कार्यक्रमको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको थियो भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्द्धकका रूपमा सहयोग गरेको थियो।

प्रकाशित : असार १९,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA