चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA

भदौ २९,२०८३ / जेसी नेपाल संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ट्रेन्डिङ समाचारताजा खबर कृष्णभीरमा धमाधम बनाइँदै नयाँ बाटो, भदौभित्रै यातायात खुलाउने

प्रकाशित : भदौ २९, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

धनुषामा एक १० बर्षिय बालिका बलात्कृत, २२ बर्षिय युवक फरार : JCNEPALMEDIA

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण : JCNEPALMEDIA

सडकको कामै नगरी बिल बनाएर पैसा खाएको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPALMEDIA

गुठी संस्थानकाे विरूद्धमा जनकपुरकाे पिराडिचाैकमा स्थानीय द्वारा चक्का जाम : JCNEPALMEDIA

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA