राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग : JCNEPALMEDIA

असार २०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो ।

बैंकका अनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना र पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना माग गरिएको छ । छैटौं तहको सहायक प्रबन्धक पदअन्तर्गत प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ र नगद समूहका लागि भर्ना खुलाइएको छ ।

त्यसैगरी, पाँचौं तहको वरिष्ठ सहायक पदअन्तर्गत प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी माग गरिएको बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ । आवेदन दिने उम्मेदवारले तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ ।

साथै, नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ । यदि शैक्षिक योग्यता नेपालबाहिरको संस्थाबाट हासिल गरेको भए त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्रसमेत पेश गर्नुपर्ने बैंकले जनाएको छ । नेपाल सरकार वा सरकारी स्वामित्वका संस्थामा कार्यरत उम्मेदवारले विभागीय स्वीकृति पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

प्रकाशित : असार २०,२०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA